बुधबार ३४८१ जना संक्रमित थपिए

काठमाडौं । एकै दिन आज बुधबार तीन हजार ४८१ मा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १६ हजार ६५६ मा गरिएको परीक्षणमा तीन हजार ४८१ मा कोरोना संक्रमण पुष्टि भएको हो ।

विगत २४ घण्टामा एक हजार ८८५ निको भई घर फर्किएका छन् । आजसँगै कुल छ लाख ७५ हजार ८३ निको भई घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.६ प्रतिशत छ । यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३० जनाको निधन भएको छ । अहिलेसम्म कूल १० हजार १८० जना को कोरोना संक्रमणबाट निधन भएको छ । हाल मृत्युदर एक दशमलव पाँच प्रतिशत रहेको छ । आज संक्रमणर दर २४ प्रतिशत रहेको छ ।

यसैगरी ७९६ जना सघन उपचार कक्ष (आइसियु), १८४ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै ३४ हजार ११३ जना होमआइसोलेसन, तीन हजार २२० संस्थागत आइसोलेसन, ३९९ जना क्वारेन्टिनमा रहेका छन् । हाल सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार ३३ रहेको छ । आज थपिएकासँगै हाल नेपालमा सात लाख २३ हजार २९६ संक्रमितको सङ्ख्या पुगेको छ ।

MANASLU

उपत्यकामा ९४६

काठमाडौं उपत्यकामा आज ९४६ मा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ संक्रमित थपिएका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...