काठमाडौं उपत्यकामा मात्र ५६६ संक्रमित थपिए

काठमाडौं ।

काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५६६ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

MANASLU

काठमाडौंमा हाल सक्रिय संक्रमितको सङ्ख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० तथा ललितपुरमा दुई हजार २१८ रहेको पनि सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...