१ हजार ८०१ जना संक्रमित थपिए

काठमाडौं । बितेका २४ घण्टामा एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर संक्रमितको सङ्ख्या आठ लाख २९ हजार ४४३ पुगेको छ ।

थप आठ हजार ७०४ जनाको पीसीआर परीक्षण तथा दुई हजार ६२२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट एक हजार ५४८ तथा एन्टिजेनबाट २५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म सात लाख ९७ जना कोरोनाबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९२४ संक्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलव पाँच प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार ३५१ रहेको छ ।

MANASLU

बितेका २४ घण्टमा देशभर १२ हजार ३४४ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ६७९ संक्रमितको सघन उपचार कक्षमा तथा १७६ संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

काठमाडौं उपत्यकामा ७०८ संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो समय ७०८ संक्रमित थपिएका छन् । काठमाडौंमा ४४१, ललितपुरमा १६७ तथा भक्तपुरमा १०० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा हाल सक्रिय संक्रमितको सङ्ख्या सात हजार १८२, भक्तपुरमा एक हजार ४११ तथा ललितपुरमा दुई हजार २४० रहेको छ ।

थप २४ संक्रमितको मृत्यु

पछिल्लो समय देशमा कोरोना भाइरसको संक्रमणबाट थप २४ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ५३३ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...