संक्रमण दर ५ प्रतिशतभन्दा कम

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार कोभिड–१९ परीक्षण गर्दा संक्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

आइतबार १२ हजार ४०४ जनामा कोरोना भाइरस परीक्षण गर्दा ५९६ जनामा संक्रमण देखिएको थियो ।

उनका अनुसार हिजोको संक्रमण दर कोरोना भाइरसको दोस्रो लहरको शुरुवात पछिकै सबैभन्दा कम हो ।

पछिल्लो एक महिनाका बीचमा ६० प्रतिशतले संक्रमण घटेको छ । मन्त्रालयका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ सक्रिया संक्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको हो ।

कोरोना भाइरस विरुद्धको खोप, सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागु गर्न देखाएको तदारुकता र महामारी नियन्त्रणमा नेपाल सरकारले अख्तियार गरेको नीतिका कारण संक्रमण घट्दै गएको देखिएको छ ।

उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्या १५ हजार ९४२ पुगेको छ । संक्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताइएको छ ।

यस्तै काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई खोप लगाइएको छ ।

You might also like

Comments are closed.