काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ९७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ६६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या आठ लाख १६ हजार ४ सय १५ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३७ जना रहेको छ । आज ३ सय ८९ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९७ हजार ४ सय ४८ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
तीन जनाको मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ६९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप तीन जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । अहिले यस रोगबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय ९३ हजार ६ सय ९५ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या सात हजार ४ सय ९८ रहेको छ । अहिले होम आइसोलेशनमा ६ हजार ९ सय ४५, संस्थागत आइसोलेशनमा ५ सय ५३, आइसीयुमा १ सय ९० र भेन्टिलेटरमा ५७ जनाले उपचार गराइरहेका छन् ।
Comments are closed.