३२१८ जना संक्रमित थपिए, १७२२ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार २१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको नमूना परीक्षणमा आज शनिबार थप तीन हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो ।

एक हजार ७२२ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा एक हजार ७२२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ६७ हजार २७० जना पुगेको छ । नेपालमा निको हुने दर ९३।६ प्रतिशत छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोना भाइरस संक्रमणका कारण १० हजार ३८ जनाको मृत्यु भइसकेको छ । नेपालमा संक्रमणका कारण मृत्यु हुने दर एक दशमलव पाँच प्रतिशत रहेको छ ।

यसैगरी ७४६ जना सघन उपचारकक्ष (आइसीयू) र १६९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । त्यस्तै ३२ हजार २७ जना होमआइसोलेशन, तीन हजार ४०५ संस्थागत आइसोलेसन, ४४३ क्यारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा एक लाख ९१ हजार ३३९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा ७०१ संक्रमित

काठमाडौं उपत्यकामा आज थप ९१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना रहेका छन् । अघिल्लो दिन काठमाडौं उपत्यकामा जम्मा ७०१ जना संक्रमित थपिएका थिए । शुक्रबार काठमाडौंमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका थिए । नेपालमा हाल सक्रिय संक्रमितको सङ्ख्या ३५ हजार ४३२ जना रहेको मन्त्रालयले जनाएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.