नेपालमा बुस्टर डोजका लागि १५ लाख मात्रा खोप माघमा आउँदै

काठमाडौं । पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला सरकारले बुस्टर डोज खोप ल्याउने तयारी गरेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार सरकारले बुस्टर डोज खोपका लागि यही पुस १४ गते औपचारिक रुपमा ‘गाभी’लाई पत्र लेखेको थियो । साेही अनुसार अमेरिकाबाट गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराउन लागेकाे हाे ।

दाहालले एक महिनापछि आगामी माघ १९ गते १५ लाख खोप आउने भएको जानकारी दिए । सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि बुस्टर डोज नलगाएका सबैलाई खोप लगाउन आग्रह गरेको छ । सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन लागेको हो ।

छिमेकीमूलुक भारत र चीनमा विएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ । साथै स्वास्थ्य मापदण्ड सजकता अपनाउन आग्रह गरेको छ ।

You might also like

Comments are closed.

Skip1