आज कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात हजार ६ सय ३१ जनाको नमूना परीक्षण गरिएको थियो ।

गत २४ घण्टामा २ सय ९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै भाइरस संक्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार ४ सय १९ पुगेको छ । संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा संक्रमितको सङ्ख्या आठ लाख ८७ हजार २ सय ६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४८ लाख ७० हजार ३ सय २४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३१ हजार ६ सय १९ पुगेको छ । कूलमा संक्रमण दर १७ प्रतिशत छ ।

कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा एक लाख ३३ हजार ८ सय १२ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या चार हजार ९ सय ७१ छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ९६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । प्रतिशत १० लाख जनसङ्ख्यामा मृत्युदर ३ सय ८१ दशमलव सात रहेको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १९ र आइसियूमा ८३ जना रहेका छन् । होम आइसोलेशनमा चार हजार ७ सय ४७, संस्थागत आइसोलेशनमा २ सय २४ रहेको छ । हाल देशभरमा ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा काठमाडौं र ललितपुर रहेका छन् भने २ सय भन्दा बढी उपचारार्थ संक्रमित रहेका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलाली छन् । शून्य संक्रमित रहेका जिल्लामा सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा एक हजार चार, ललितपुर ५ सय ८९ र भक्तपुरमा ४ सय ९७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.