थप २७५३ जनामा कोरोना संक्रमण पुष्टी, २२०६ जना संक्रमणमुक्त

 

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा २ हजार ७ सय ५३ जना संक्रमित थपिएका छन् । संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ६ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ५५ हजार १ सय १४ संक्रमित संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.