काठमाडौं । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा क्रेटा ईभी किन्नेलाई अतिरिक्त छुट दिने भएको हो ।
कम्पनीले सार्वजनिक गरेको स्कीम बाहेक अटो एक्स्पोमा क्रेटा ईभी किन्नेले ५० हजार थप नगद छुट पाउनेछन् । चिनियाँ कारहरूमा अफरको बाढी आइरहदा हुन्डाईले रेगुलर स्कीम डिस्काउन्ट ७५ हजार रुपैयाँ र नाइमा अफर भन्दै ५० हजार रुपैयाँ छुट दिएको हो । दुवै मिलाउँदा गाडी खरिदकर्ताले क्रेटा ईभीमा १ लाख २५ हजार रुपैयाँ नगद छुट पाउनेछन् ।
बजारमा विभिन्न चार भेरियन्टमा क्रेटा ईभी उपलब्ध रहेको छ । जसको मूल्य एजुकेटीभ भेरियन्टको ५१ लाख ९६ हजार, स्मार्ट भेरियन्टको ४५ लाख ९६ हजार, स्मार्ट (अप्सनल)को ५६ लाख ९६ हजार र प्रिमियम प्लस भेरियन्टको ५९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ ।
हुन्डाईले क्रेटा ईभीमा थ्री स्पोक स्टेरिङ ह्वील, स्टेरिङ कोलुममा दिइएको गियर सेलेक्टर, सेन्टर कन्सोलमा दिइएको ड्राइभ मोड सेलेक्टर, फुल साइज स्पेयर टायर जस्ता फिचरले क्रेटा ईभीलाई सहज र प्रयोगमैत्री बनाएको छ । यसमा एडास २.० फिचर, ड्यूल जोन एसी, बोसको ८ स्पीकर, वायरलेस चार्जर, भ्यान्टिलेटेड सिट, ठूलो पानारोमिक सनरुफ, मेमोरी ड्राइभिङ सिट, वेलकम सिट, भेहिकल टु लोड जस्ता फिचर छन् ।
हुन्डाईले क्रेटा ईभी ९९ र १२६ किलोवाट क्षमताको दुई मोटर अप्सनमा उपलब्ध गराउनेछ । सानो ९९ किलोवाटको मोटरसँग ४२ किलोवाट आवर क्षमताको एनसीएम ब्याट्री दिइएको छ । जसले सिंगल चार्जमा ३०० भन्दा बढी रेन्ज दिने प्रयोगकर्ताको भनाइ छ । चालकलाई वान प्याडल ड्राइभको मज्जा उठाउन यसमा प्याडल सिफ्टर दिइएको छ ।
अहिले बजारमा रहेका अन्य प्रतिष्पर्धीभन्दा अलग बनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभीमा फुल साइज स्पेयर टायर उपलब्ध गराएको छ । २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स यसको अर्को बलियो पक्ष हो ।
Comments are closed.