आईसीसी क्रिकेट विश्वकप छनोटको खेल सुरू

नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दै

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप छनोटको खेल  आज देखि जिम्बाब्वेमा सुरु  भएको छ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ । समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ ।

नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई खेल खेल्न लागेको हो ।

नेपालले २० जुनमा अमेरिका, २२ जुनमा वेष्ट इन्डिज र २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ । समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

You might also like

Comments are closed.