बुटवल । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा सीताराम न्यौपाने निर्वाचित भएका छन् । शनिबार बुटवलमा सम्पन्न सातौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा वियजी न्यौपानेको पक्षमा ६० मत प्राप्त हुँदा प्रतिस्पर्धी किरण थापाले ४८ मत प्राप्त गरे ।
अध्यक्षमा मतदान हुँदा पदाधिकारीहरु भने निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा श्यामराज खड्का, प्रदेश १ उपाध्यक्षमा देवराज तामाङ, प्रदेश २ उपाध्यक्षमा प्रदिपकुमार खड्का, बागमती प्रदेश उपाध्यक्षमा देवराज लुइटेल, गण्डकी प्रदेश उपाध्यक्षमा लिलाधर बराल, लुम्बिनी प्रदेश उपाध्यक्षमा चन्द्रमणि अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा पुरुशोत्तम रेग्मी निर्विरोध निर्वाचित भएका छन् । उनी यस अगाडिको कार्यसमितिमा पनि महासचिव भएर काम गरेका थिए । सचिवमा रोशनराज गिरी, सहसचिवमा मीनबहादुर शाही, कोषाध्यक्षमा यामबहादुर मल्ल, सहकोषाध्यक्षमा विप्लव हमाल निर्विरोध निर्वाचित भएका छन् ।
७ जना सदस्यका लागि १२ जनाले प्रतिस्पर्धा गरेका थिए । सदस्यमा केदार गिरी, अमर बिक्रम शाह, सरोज कुँवर, विकास नारायण श्रेष्ठ, शंकर न्यौपाने र सारदाप्रसाद ढकाल निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष उमेश शेरचन पदेन सदस्य हुनेछन् । लुम्बिनी प्रदेशका नेपाली काँग्रेसका प्रमुख सचेतक ठकुर उद्दिन खानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।




Comments are closed.