काठमाडौं । करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ‘करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमुलस्थित बिग मार्ट नजिकै सञ्चालनमा ल्याएको छ ।
बुटवल र काठमाडौंको अनामनगरमा रहेका आउटलेटहरूको अपार सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै हरितालिका तीजको दर खाने दिनको शुभअवसर पारी यसोदा फुड्सले यो नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो ।
करेन्ट पोइन्टको यो नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् । विशेषगरी यहाँ ग्राहकले नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स र चिज पकेट जस्ता नयाँ र आकर्षक परिकारको स्वाद लिन पाउनेछन् ।
साथै ग्राहकले आफ्नो रुचि अनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन् । विशेषगरी युवापुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौंवासीलाई नौलो र डेलीस्यस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । करेन्टका पारखीले अब शंखमुलमा रहेको करेन्ट पोइन्टमा गई विभिन्न प्रकारका स्वादिष्ट र चट्पटा नुडल्सको मज्जा लिन सक्नेछन् ।
यसोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले बुटवल र अनामनगरमा करेन्ट पोइन्टले पाएको अपार माया र सफलताले काठमाडौंमा थप विस्तारका लागि उत्साहित बनाएको बताए । उनी भन्छन्,“काठमाडौंका नुडल्स पारखीहरू विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेका लागि शंखमुललाई पनि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो, हाम्रो यो नयाँ यात्राले यहाँका उपभोक्ताको स्वादको चाहनालाई अझ नयाँ उचाइमा पूरा गर्नेछ” ।
यसोदा फुड्सका ग्लोबल सिईओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जको बारेमा जानकारी दिएका छन् । सन् २०१७ मा स्थापित यसोदा फुड्स प्रा. लि. नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो । गुणस्तर र नवीनताप्रति प्रतिबद्ध यस कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ ।
कम्पनीले ‘करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरू उत्पादन गर्दछ । जुन विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ । ‘करेन्ट’ बाहेक कम्पनीले चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स, तथा अन्य विभिन्न प्रकारका खाजाहरू (स्न्याक्स) पनि उत्पादन गर्दै आएको छ ।
स्थानीय नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा प्रस्तुत गर्नु यसोदा फुड्सको मुख्य विशेषता हो । आफ्ना उत्पादनहरू नेपालभरी र विश्वका २२ भन्दा बढी देशमा निर्यात गर्दै कम्पनीले नेपाली उत्पादनलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।
Comments are closed.