साइमेक्स इंकद्वारा देशव्यापी ‘बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन: ईभीमा अपग्रेड हुने उपयुक्त समय

काठमाडौं। बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले देशभर ‘बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन’ को भव्य घोषणा गरेको छ। आज देखि सुरु भएको क्याम्पेन  २७ गते बैशाखसम्म आयोजना हुने यो विशेष अफरले ग्राहकहरूलाई भविष्यको मोबिलिटी अर्थात् बीवाईडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुने सुनौलो मौका प्रदान गर्ने कम्पनीले जनाएको छ।

यस मेगा एक्सचेन्ज अवधिमा ग्राहकहरूले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको पुरानो गाडीसँग नयाँ बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन वा बीवाईडी एम६ साट्न सक्नेछन्। यसका लागि कम्पनीले ‘बेस्ट–इन–इन्डष्ट्रि’ मूल्याङ्कन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

क्याम्पेनअन्तर्गत ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा र विशेष नगद छुट जस्ता लाभहरू प्राप्त गर्न सक्नेछन्।

थप आकर्षणको रूपमा, यो चार दिने मेगा एक्सचेन्ज कार्यक्रममा बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकहरू लक्की ड्रमा सहभागी हुन पाउनेछन्। लक्की ड्रमार्फत छानिने तीन भाग्यशाली विजेताहरूले आफूले खरिद गरेको गाडीमा १२ महिनासम्मको किस्ता निःशुल्क अर्थात् ‘फ्रि ईएमआई’ सुविधा पाउनेछन्।

यो एक्सचेन्ज क्याम्पेन देशभरका निम्न बीवाईडी शोरुम तथा अन्य विशेष स्थलहरूमा एकैसाथ आयोजना हुनेछ:

काठमाडौं उपत्यका

ललितपुर – सत्कार फाइन डाइन

पेप्सीकोला – म्याजेस्टिक बैंक्वेट, पेप्सीकोला

कोटेश्वर – रोयल लाउन्ज बैंक्वेट एन्ड रेष्टुरेन्ट

सोल्टीमोड – ल्यान्डमार्क रिसेप्सन

सातदोबाटो – सेल्सबेरी, सातदोबाटो

नक्साल – आम्रपाली बैंक्वेट

उपत्यका बाहिर

चितवन – बीवाईडी पार्क, चितवन

बुटवल – भेल्भेट लक्स होटल

भैरहवा – बोधी रेडसन

नेपालगन्ज – बीवाईडी नेपालगन्ज शोरुम

दाङ – माला इन

धनगढी – होटल रुबस

विर्तामोड – टाइमलेस मोमेन्ट्स होटल

दमक – बीवाईडी शोरुम, दमक

इटहरी – बीवाईडी शोरुम, इटहरी

विराटनगर – बीवाईडी शोरुम, विराटनगर

जनकपुर – बीवाईडी शोरुम, जनकपुर

लहान – बीवाईडी शोरुम, लहान

वीरगन्ज – बीवाईडी शोरुम, वीरगन्ज

पोखरा – रोयल महल बैंक्वेट

साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, “नयाँ आर्थिक वर्ष आउन लागेको र ईभीको करमा समेत परिवर्तन हुने हल्ला चलिरहेको समयमा दिगो मोबिलिटीको क्षेत्रमा आफूलाई लैजाने यो उपयुक्त समय हो। यसरी स्विच हुनका लागि मेगा एक्सचेन्ज अफरले उपलब्ध गराउने अतुलनीय मूल्य, वित्तीय लचकता र विशेष लाभले अझै सहज बनाउने छ।”

You might also like

Comments are closed.