पोखरा । ड्याडिज किचनले पर्यटकीय राजधानी पोखरामा नयाँ शाखा शुरु गरेको छ । पोखरास्थित चिप्लेढुंगामा करिव ४ करोडको लागतमा २२ औँ शाखाको रुपमा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । पोखराको लागि भने यो चौथो शाखाको रुपमा विस्तार गरिएको ड्याडिज किचनले जनाएको छ ।
पोखरामा सञ्चालित ४ वटा शाखामा करिव १५ करोड बराबरको लगानी परेको छ । बुटवलको दीपनगरबाट सन् २०१२ मा ठेलागाडाबाट शुरु भएको किचन अहिले रेष्टुरेण्टको रुपमा सञ्चालित ड्याडिज किचन हो । शाखामा ईण्डियन तथा कन्टिनेन्टल मल्टि कुजिन, विभिन्न प्रकारका गुणस्तरीय खाना तथा खाजाहरु उपलब्ध हुने र अन्य शाखाबाट जस्तै चिप्लेढुंगा शाखाबाट पनि ग्राहकलाई फुड डेलिभरीको सुविधा दिइने अध्यक्ष कमलजंग कुँवरले जानकारी दिए ।
चिप्लेढुंगा शाखामा दुईवटा मिटिङ हल, प्राइभेट स्पेस, दैनिक लाइभ म्यूजिक, बर्थ–डेलगायतका कार्यक्रमको सेलेब्रेसन गर्न मिल्ने सुविधा रहेको छ भने २२ वटा शाखामा ड्याडिज किचन, ड्याडिज ट्रक, ड्याडिज एक्सप्रेस, कुकर कफी, हिपत रेष्टुरेण्ट तथा विभिन्न प्रतिष्ठित संस्थामा क्यान्टिन सञ्चालनमा रहेको अध्यक्ष कुँवर बताउँछन् ।
उनकाअनुसार छिट्टै नै भारतको नयाँ दिल्लीमा पनि सेवा बिस्तार गर्ने तयारी छ । ड्याडिज किचनले देशभरीका शाखाबाट ७ सय जनालाई र पोखराका ४ शाखाबाट २७० जनालाई रोजगारी दिएको छ । पोखरा महानगरपालिका ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र ८४ वर्षिय ज्येष्ठ नागरिक लक्ष्मीदेवी द्वालेले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
Comments are closed.