स्वास्थ्य बीमाको पहुँच सर्वसाधारणसम्म पुग्नुपर्छ : कार्यकारी प्रमुख वसौला

पोखरा । नेपाल सरकारले भरखरै मात्र स्वास्थ्य विमा समितिको कार्यकारी प्रमुखको रुपमा नियुक्त गरेको डा. दामोदर वसौलालाई शुक्रवार पेशागत विमा अभिकर्ता संघ शाखा कार्यालय एल आइ सी पोखराले वधाई तथा स्वागत गरेको छ ।

विमाको विषयमा पिएचडी गरेका डा.वसौला विगत लामो समय देखि एल आई सी नेपालको एजेन्सी मेनेजरका रुपमा काम गर्दै आएकाले शाखा समितिले एक कार्यक्रमका विच शुक्रवार स्वागत तथा सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै नव नियुक्त कार्यकारी प्रमुख वसौलाले स्वास्थ्यको सुविधा सवै जनतामा पुग्ने गरि काम गर्ने र इतिहास रच्ने गरि आफु सवै तहका जनतामा स्वास्थ्य सुविधा पुग्ने गरि आफनो कार्यकाललाई उदाहरणी वनाउने अभियानमा लागेको ।

jutta mela

आफ्नो चार वर्षे कालकालमा सवै तहका जनतमा स्वास्थ्य सुविधा पुग्ने गरि काम गर्ने र स्वाथ्यको क्षेत्रमा देखिएका समस्यालाई निराकरण गरेर छड्ने प्रतिवद्धता जाहेर गरे ।

पेशागत विमा अभिकर्ता संघ शाखा कार्यालय एल आइ सी नेपाल पोखरा साखाका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा भएको बधाई तथा स्वागत कार्यक्रममा वरिष्ठ एजेन्सी म्यानेजनर केदारनाथ अधिकारी, एल आई सी पोखरा शाखाका साखा प्रमुख सुजित ठाकुरले आफनो कार्यकाललाई उदाहरणीय बनाउने गरि अवसरलाई र चुनौतीका विषमा लिन आग्रह गरेका थिए ।

सो अवसरमा एल आइ सी नेपाल पोखरा शाखाका पुर्व अध्यक्ष रुक वहादुर गुरुङ,संचारकर्मी भीमपाणि बराल,एजेण्ट नवराज दुरा, उमा कुमारी गुरुङ,उषा कुमारी गुरुङ र सल्लाहकार सुसिल ढुगाना लगाएतले सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

सस्थाका सचिव देवि तिमिल्सेनाले संचालन गरेको कार्यक्रममा स्वागत सल्लाहकार गोविन्द खड्काले गरेका थिए ।

You might also like

Comments are closed.