दराज नेपालले ल्यायो ‘नववर्ष उत्सव’ २०८२ को अवसरमा छुट तथा आकर्षक अफर

काठमाडौं । दराज नेपालले बहुप्रतिक्षित ४.४, नववर्ष उत्सवको घोषणा गरेको छ । ७० प्रतिशतसम्म छुट सहितको आश्चर्यजनक फ्ल्याश सेल, रु. १ करोड बराबरको भौचर तथा निःशुल्क डेलिभरी सुविधा सहित, ४.४ सेल चैत २२ देखि सुरु भई चैत ३१ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

सेलले नेपाली ग्राहकलाई रोमाञ्चक किनमेलको नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । उत्सव अवधिभर ग्राहकले हरेक दिन फ्ल्याश सेलमार्फत विभिन्न क्याटेगरी तथा सेटाफिल, मसलब्लेज, एईवीबी, ह्रोटो, माइक्रोलाइफ, एक्स—एज, ब्ल्याकशार्क लगायत साझेदार ब्रान्डहरू मार्फत ७० प्रतिशतसम्मको छुटमा उत्पादनहरू किन्न पाउनेछन् ।

सिमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने भएकाले ग्राहकलाई दराज एपको फ्ल्याश सेल सेक्शन विशेषरुपमा नियाल्दै मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ । ४.४ सेल अवधि भर डिजिटल पूर्वभुक्तानीमा दराजले उपभोक्ताका लागि रु. ७५० सम्मको छुट सुविधा उपलब्ध गराउनेछ । यसका लागि दराजले नबिल बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, तथा गरिमा विकास बैंक गरी ९ वटा बैंकसँग सहकार्य गरेको छ ।

किनमेलका लागि यी बैंकको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले अधिकतम १५ प्रतिशत (रु. ७५० सम्म) र डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले १० प्रतिशत (रु. ५०० सम्म) छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकका लागि रु. ४४, रु. ४४४, र रु. ४,४४४ को आकर्षक डिल पनि उपलब्ध हुने दराजले विज्ञप्तिमार्फत जानकारी दिएको छ । रु. ९९, रु. ३९९, रु. ९९९, र रु. १,९९९ को छुट श्रेणीमा पनि विभिन्न उत्पादन खरिद गर्न पाइनेछ ।

४.४ नव वर्ष उत्सवको अवधिभर कम्तीमा ५ हजार बराबरको किनमेल गर्ने एक भाग्यशाली ग्राहकले २९ हजार ९९९ बराबरको वानप्लस नर्ड सीईएस लाइट र ४ जना भाग्यशाली ग्राहकले १० हजार ३०० बराबरको यासुदा पर्सनल एयर कुलर जित्ने अवसर रहेको छ । ४.४ नवबर्ष उत्सवका अवसरमा ‘एड टु कार्ट एण्ड विन’ योजनाअन्तर्गत सेटाफिल, याजी, जीसीजी आइवेयर र उकुलेलेका ५ हजार बराबरका गिफ्ट ह्याम्परहरू ३ जना भाग्यशाली ग्राहकले जित्न सक्नेछन् भने एकजना ग्राहकले १२ हजार बराबरको ग्लेन एयर फ्रायर प्राप्त गर्नेछन् ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकले चैत १७ देखि चैत २१ गतेभित्र १० हजार बराबरका सामानहरू कार्टमा राख्नुपर्नेछ । त्यस्तै १ लाख भन्दा बढीको किनमेल गर्ने ग्राहकले १० हजार सम्मको विशेष छुट भौचर प्राप्त गर्न सक्नेछन् । यो अवसर अप्रिल ४ को मध्यरातदेखि उपलब्ध हुने कम्पनीले बताएको छ ।

 

 

You might also like

Comments are closed.