दराज नेपालद्वारा १०.१० तिहार महोत्सव घोषणा, ग्राहकलाई आकर्षक अफर

काठमाडौं । दराज नेपालले बहुप्रतिक्षित १०.१० तिहार महोत्सवको आयोजना गर्ने घोषणा गरेको छ । पहिलोपटक यो सेल अक्टोबर ९ (असोज २३) को राति ८ बजेबाटै लाइभ हुने जानकारी दिइएको छ ।

यसले उपभोक्तालाई आफ्ना दैनिक काम सकिए लगत्तैको समयमा उपलब्ध गरिएका विशेष अफरको लाभ उठाउने सुवर्ण अवसर प्रदान गर्नेछ । आकर्षक अफरमार्फत अत्यधिक बचत गर्न सघाउने र चाडपर्वको अवसरमा अझ रोमाञ्चक अनुभव प्रदान गर्ने सोँचका साथ घोषित यो महोत्सव अक्टोबर १६ (असोज ३०) सम्म चल्ने जानकारी दिइएको छ ।

दराजले यस वर्षको तिहारलाई थप अर्थपूर्ण तथा रोमाञ्चक बनाउने सोँचका साथ महोत्सव मार्फत ७० प्रतिशतसम्मको छुट, निःशुल्क होम डेलिभरी र रु. १ लाखभन्दा बढीको खरिदमा रु. १० हजार सम्मका फ्ल्याट भौचर पनि उपलब्ध गराउने तयारी गरेको छ । तिहारको तयारीमा व्यस्त हुने यस समयमा उपभोक्ताले महोत्सव अवधिभर उपलब्ध हुने दैनिक फ्ल्याश सेल, विशेष अफर र आकर्षत मूल्यमार्फत हरेक दिन नयाँ सौगात प्राप्त गर्न सक्नेछन् ।

महोत्सव अवधिभर १०.१० लाई थप रोमाञ्चक बनाउने उद्देश्यका साथ यस वर्षको प्ल्याटिनम पार्टर ब्राण्डहरू सिताफिल र रोह्टोले ४० प्रतिशतसम्म छुट प्रदान गर्दैछन् भने गोल्ड पार्टनरहरू एईविबी, ब्राण्डहाउस र मारिकोले ६० प्रतिशत सम्मको उत्सवमय बचत उपलब्ध गराउनेछ । यसै क्रममा दराजले आफ्को विशेष ब्राण्ड गन्तव्य, दराजमलमार्फत उपभोक्तालाई १०० प्रतिशत असली उत्पादनको आश्वासन प्रदान गर्नेछ ।

यसमा उपलब्ध गरिएका कुनै उत्पादन नक्कली भएको प्रमाणित भएमा कम्पनीले त्यसको तीन गुणा क्याश ब्याक ग्यारेन्टि दिने व्यवस्था गरेको छ । दराज मलमार्फत ग्राहकले सिताफिल, सियाओमी, अल्टिमा लाइफस्टाइल, मसलब्लेज लगायतका अग्रणी ब्राण्डका उत्पादनमा विशेष छुटसहित निश्चिन्तताको प्रत्याभुती पाउनेछन् ।

तिहारलाई नयाँ लुगा, नयाँ शैली र नयाँ सुरुवातको उत्कृष्ट अवसरका रूपमा पनि लिइन्छ । यसै कुरालाई विशेष दृष्टिगत गर्दै दराजले यस तिहारमा फेशनलाई अझ व्यापक बनाउँदै बोस्सिनी, किलोमिटर, लोट्टो, भ्यान्स, कन्भर्स, एर्के र नाइक जस्ता अग्रणी फेसन ब्राण्डमा ५० प्रतिशत वा सोभन्दा बढी छुट उपलब्ध गराउने व्यवस्था मिलाएको छ । उपभोक्तामाझ विशेष लोकप्रिय निःशुल्क डेलिभरी सुविधालाई पनि दराजले निरन्तरता दिनेछ ।

चुनिएका उत्पादनमा न्यूनतम रु. ४९९को खरिद गर्दा उपभोक्ताले निःशुल्क होम डेलिभरी सुविधा प्राप्त गर्न सक्नेछन् । यस सुविधाको लाभ उठाउनका लागि भने ग्राहकले दराज एपको होमपेजमा रहेको ‘फ्रि डेलिभरी’ ब्यानरमा क्लिक गरी सम्बन्धित भौचर सङ्कलन गर्नुपर्ने हुन्छ ।अत्यधिक छुट, दैनिक फ्ल्याश सेल, बैंक अफर र सीमित समयका मेगा डिलहरू प्रदान गर्दै तिहार महोत्सवमार्फत आफ्ना उपभोक्तालाई यस वर्षकै सर्वाधिक फाइदाजनक अनलाइन किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।

दराज नेपालले सम्पूर्ण उपभोक्तालाई यस तिहारमा आकर्षक अफर र अत्यधिक बचत मार्फत पर्व सुहाउँदो रमाइलो किनमेल अनुभवका साथ हर्षोल्लासमय तरिकाले किनमेल अनुभव लिनका लागि अनुरोध गरेको छ ।

You might also like

Comments are closed.