दराज नेपालले ल्यायो गर्मीको किनमेल लक्षित ६.६ मेगा मिड इयर सेल, आकर्षक छुट तथा उपहारको बहार

काठमाडौं । दराज नेपालले ६.६ मेगा मिड इयर सेलको घोषणा गरेको छ । मेगा मिड इयर सेलमा ८० प्रतिशत सम्मको बृहत छुट, निःशुल्क होम डेलिभरी सुविधा र १ करोड रुपैयाँ बराबरका भौचरको व्यवस्था गरिएको छ ।

यो धमाकेदार सेल जेठ २३ गते देखि जेठ २७ गते सम्म सञ्चालन हुने जानकारी दिइएको छ । ६.६ मेगा मिड इयर सेल मार्फत दराजले ग्राहकका लागि विभिन्न ब्रान्डमा फ्ल्याट ६६ प्रतिशत सम्मको आकर्षक छुट पाउन सकिने व्यवस्था गरेको छ । जसअन्तर्गत, प्लेटिनम ब्राण्ड पार्टनर सिताफिल, आइविबी र एंकरमार्फत ११ प्रतिशतसम्म छुट, गोल्ड ब्राण्ड नाइकमा ५० प्रतिशत सम्मको छुट र सिल्भर ब्राण्डहरू ¥होटो र न्यानो डायपर्समार्फत ४० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।

६.६ को विशेष आकर्षणका रुपमा फास्टेस्ट फिंगर फ्ल्याश सेल अभियान रहने जानकारी दिइएको छ । यस मार्फत ग्राहकले मध्यरात, बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र राति ८ बजे, रु. ६ मा उपलब्ध गरिने अत्यन्तै सीमित अफरमा आफ्नो सहभागिता जनाएर लाभ लिन सकिनेछ । दराजले यसपटकको सेललाई छुटका लागि अवसरका रुपमा मात्र नभइ, शानदार उपहारहरू पनि प्रदान गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले दुई विशेष फिचरहरु, एड टू कार्ट एण्ड विन र बाई एण्ड विनको ब्यवस्था गरेको छ ।

यस उपहार योजना अन्तर्गत ६ जना भाग्यमानी विजेताको छनोट गरी तिनका लागि आकर्षक पुरस्कारहरु प्रदान गरिने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । एड टू कार्ट एण्ड विन अन्तर्गत, रु. १० हजार भन्दा बढी मूल्यका सामग्रीहरू आफ्नो कार्टमा राख्ने ग्राहकमध्ये ५ जना भाग्यशाली विजेताको छनौट गरिनेछ । छनोटमा परेका भाग्यशाली विजेतालाई रु. ९ हजार सम्मका उपहारहरू प्रदान गरिनेछ ।

त्यसैगरी, बाई एण्ड विन अन्तर्गत, कम्तीमा रु. ५ हजारको सामग्री खरिद गर्ने ग्राहकमध्ये १ जना भाग्यमानी विजेतालाई रु. ५२ हजार ५०० बराबरको ग्लेन होम अप्लायन्सेस बन्डल प्रदान गरिने ब्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ । ६.६ सेल मार्फत उपभोक्ताले अझ बढी बचत गर्न सक्नुहोस् भन्ने सोँचका साथ कम्पनीले आफ्ना उपभोक्तालाई बेस्ट प्राइस ट्याग भएका उत्पादनहरु खोज्न नबिर्सन अनुरोध पनि गरेको छ ।

यसरी बेस्ट प्राइस ट्याग भएका उत्पादनहरु कुनै उपभोक्ताले नेपालकै अरु कुनै अनलाइन प्लेटफर्ममा सस्तो मूल्यमा फेला पार्नु भएमा र निर्धारित योग्यताको मापदण्ड पुरा गरेमा ती उपभोक्ताले दराजका तर्फबाट मूल्य अन्तरको दोब्बार रकम फिर्ता पाउन सकिनेछ । यसका साथै, दराजले अनलाईन किनमेल अनुभवलाई अझ विश्वासिलो र झन्झटमुक्त बनाउने सोँचका साथ सजिलो र पारदर्शी १४ दिनको रिटर्न तथा रिफन्ड प्रक्रिया पनि उपलब्ध गराउँदै आइरहेको छ ।

१४ दिनको रिटर्न तथा रिफन्ड पोलिसीको लाभ उठाउनका लागि उपभोक्ताले आफ्नो दराज एकाउन्टमा लग इन गर्नुपर्ने हुन्छ । त्यस पश्चात, रिटर्न÷रिफन्ड बटन थिचेर रिटर्न प्रक्रिया सुरू गर्नुपर्दछ । फिर्ताको कारण उल्लेख गरी, रिटर्न शिपमेन्ट टाइप चयन गर्नु पर्ने हुन्छ । लगतै, इच्छाइएको रिटर्न विकल्प चयन गरी रिटर्न तथा रिफन्डको अनुरोध गर्न सकिनेछ ।

यस प्रक्रियालाई सजिलो बनाउन दराजले ईन्स्ट्रक्शनल भिडियो पनि तयार पारी हेर्न र जानकारी लिनका लागि उपलब्ध गरेको छ । दराजले सहज किनमेल अनुभवमात्र होइन, विश्वासिलो सेवाको पनि भरोसा दिन्छ ।

दराज ग्रुपका बारेमाः
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । ई–कमर्स, ढुवानी, भुक्तानी र वित्तीय सेवा समेट्ने पूर्वाधार तयार गरी, दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा उच्च प्रविधियुक्त किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।

You might also like

Comments are closed.