दराजमलद्वारा अथेन्टिसिटी ग्यारेण्टीको घोषणा

काठमाडौं । दराजले यस वर्षको सर्वाधिक बृहत्त सेल ११.११ अघि नै आफ्नो ब्राण्डेड शपिङ गन्तव्य दराजमलको नयाँ स्वरूप सार्वजनिक गरेको छ । नयाँ दराजमल अनुभवमा अब अथेन्टिसिटी ग्योन्टीका साथै ३ गुणासम्मको क्याशब्याक अफर पनि उपलब्ध हुनेछ । यसले ग्राहकलाई विश्वसनिय र सजिलो अनलाइन ब्राण्ड खरिद अनुभव उपलब्ध गराउने कम्पनीले विश्वास लिएको छ ।

दराजमल दक्षिण एसियाकै पहिलो र एकल भर्चुअल मल हो । यसले हाल १५०० भन्दा बढी अन्तर्राष्ट्रिय र स्थानीय ब्राण्डहरू आफ्नो प्लेटफर्ममार्फत उपलब्ध गराउँदै लाखौं ग्राहकलाई सहज शपिङ अनुभव प्रदान गर्दै आइरहेको छ । यसमा फेशन, ब्युटी, इलेक्ट्रोनिक्स, होम एन्ड लाइफस्टाइल लगायतका विभिन्न वर्गका उत्पादनहरू उपलब्ध रहेका छन् ।

दराजमलमा उपलब्ध लोकप्रिय ब्राण्डमा सियाओमी, वानप्लस, सेटाफिल, मिनिमलिस्ट, युनिलिभर, मारिको, नाईक र एडिडास लगायत रहेका छन् । नयाँ दराजमलको डिजाइनमा पर्पल रंगको प्रयोग गरिएको छ । यसले ब्राण्डको नयाँ पहिचानमा विशेष ध्यान दिँदै मौलिकता, नवप्रवर्तन, र उत्साहपूर्ण शपिङ अनुभवलाई प्रतिबिम्बित गरेको छ ।

“दराजमलले हाम्रो समग्र व्यवसायिक रणनीतिमा केन्द्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ । यसमार्फत स्थानीय र अन्तर्राष्ट्रिय ब्राण्डले दक्षिण एसियामा आफ्नो उपस्थिति विस्तार गर्न सक्षम भएका छन्, आजका अनलाइन ग्राहकले सबैभन्दा बढी चाहने कुरा भनेको नै विश्वसनीयता हो, यही भरोसालाई अथेन्टिसिटी ग्यारेन्टीमार्फत अझ सुदृढ बनाउँने उद्देश्य हामीले लिएका छौँ” दराज ग्रुपका प्रमुख वाणिज्य अधिकारी बेन यीले भने ।

दराजमलले मौलिक उत्पादन, आधिकारिक वारेन्टी, र भरपर्दो बिक्रीपछिको सेवाको खोजी गर्ने ग्राहकका लागि निरन्तर सुदृढ अनुभव प्रदान गर्दै आइरहेको छ । यसमा भुक्तानीका लागि विभिन्न विकल्पहरू, बैंक कार्ड अफरहरू, ढोकादेखि ढोकासम्म डेलिभरी, प्राथमिक रिटर्न सेवा, र प्रतिक्रियाशील ग्राहक समर्थन लगायत सुविधाहरु उपलब्ध रहेका छन् । यसले दराजमललाई विश्वसनीय अनलाइन ब्रान्ड गन्तव्यका रूपमा स्थापित हुन उल्लेखनिय भूमिका निर्वाह गरेको छ ।

आउँदै गरेको ११.११ मार्फत दराजमलले १ करोड ७० लाखभन्दा बढी ब्राण्डेड उत्पादनसहित ग्राहकका लागि नयाँ र रोमाञ्चक अफरहरू उपलब्ध गराउने तयारी गरेको छ । ३ गुणासम्मको क्याशब्याकसहितको अथेन्टिसिटी ग्यारेन्टी , फ्री डेलिभरी सुविधासहित विशेष ब्राण्ड अफरहरू जस्तै : ६० प्रतिशतसम्म छुट हुने फ्ल्यास भाउचरहरू, २ दिनमै डेलिभरी र १४ दिनसम्म उपलब्ध हुने सहज रिटर्न सुविधापनि उपलब्ध हुनेछ ।

“विगतका तीन वर्षमा नेपालमा सेटाफिल ब्राण्डले दस गुणा वृद्धिदर हासिल गरेको छ, यो सफलताका लागि दराजमलको बलियो ग्राहक अनुभव र देशव्यापी पहुँचले पनि उल्लेखनिय भूमिका खेलेको छ, प्लेटिनम पार्टनरका रूपमा, हामी आउँदै गरेको ११.११ मा १०० प्रतिशत मौलिक उत्पादनहरू उत्कृष्ट मूल्यमा प्रत्येक नेपाली घरसम्म पु¥याउन प्रतिबद्ध छौं” सेटाफिलका अन्तर्राष्ट्रिय बजारका वरिष्ठ ब्राण्ड तथा उत्पादन प्रबन्धक आकाश सिंह चौहानले भने ।

दराजमलले अल्टिमालाई नेपालकै अग्रणी अडियो तथा स्मार्टवाच ब्राण्डको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको अल्टिमा नेपालका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवाल बताउँछन् । दराजमलमा केवल प्रमाणित तथा आधिकारिक ब्राण्डहरू मात्र संलग्न गरिन्छ । यसले गर्दा अन्य अनधिकृत विक्रेताका तुलनामा दराजमलले उपभोक्ताका लागि स्वभाविक रुपमा अधिक विश्वसनीयता प्रदान गर्छ । ब्राण्डहरूका लागि दराजमलले नेपालका ३० लाखभन्दा बढी ग्राहकहरू, वार्षिक क्याम्पेन क्यालेन्डर, सुपर ब्राण्ड डे लगायत विशेष बिक्री कार्यक्रम तथा एकीकृत लजिस्टिक नेटवर्कको पहुँच प्रदान गर्दै आइरहेको छ ।

यसका साथै, दराजमलले ब्राण्डहरुको विकास तथा प्रबद्र्धनार्थ भ्यालु एडेड सर्भिस सुइट मार्फत ट्राफिक एक्सिलिरेशन, कन्भर्जन बुस्टिंग टुल्स, प्रिसिजियन मार्केटिंग, ईन्फ्लुएन्सर रिचका साथै प्रोफेशनल ब्राण्ड सपोर्ट लगायत सेवा तथा सुविधापनि उपलब्ध गराउँदै आइरहेको छ । यीनका सहयोगले गर्दा साधारण बिजनेस पिरियडका साथै ११.११ जस्ता मेगा क्याम्पेन्समा ब्राण्डहरुलाई उल्लेख्य सहयोग प्राप्त हुन्छ ।

अर्लि बर्ड र फ्ल्याश सेल कार्यक्रमले ब्राण्डलाई नयाँ उत्पादनको प्रवद्र्धन गर्न तथा सिमित अवधिका लागि उपलब्ध हुने डिल्सका लागि अत्यावश्यक एक्स्पोजर उपलब्ध गरी २०० प्रतिशतसम्म बढी भिजिविलिटीका साथै बिक्रि लक्ष्य हात पार्न सहयोग गर्छ । खरिद सहजता र दोहोरिने ग्राहकको प्रोत्साहनका लागि दराजमलले फ्रि शपिङ भउचर र भउचर म्याक्स सुविधाहरु पनि प्रदान गर्दै आइरहेको छ । यसले खरिद प्रक्रियाका दौरान उपभोक्तामा देखिने दुविधा निवारणमा सहयोग पुग्नुका साथै औषत अर्डर भ्यालुमा बृद्धि समेत हुने गरेको छ ।

दराज मार्केटिङ सोल्यूशन्स (डीएमएस)ले एआईमा आधारित लक्षित विज्ञापन र इन्फ्लुएन्सर पहुँच प्रदान गर्दै न्यून खर्चमै ट्राफिक ईफिसियन्सी प्राप्त गर्न सघाउँछ । त्यसैगरी एफिलियट प्रोग्रामले ब्राण्डलाई फराकिलो ईन्फ्लुएन्सर रिचको उपयोग गर्दै अथेन्टिक ट्राफिक पाउन सघाउँछ । त्यसैगरी, दराज बिजनेस सोल्युशन्स (डीबीएस)ले एन्ड टू एन्ड ई–कमर्स व्यवस्थापन सुविधा प्रदान गरी बिक्री प्रबद्र्धनमा सघाउँदै ब्राण्ड विस्तारसम्म सम्पूर्ण सहयोग प्रदान गर्दै आइरहेको छ ।

दराज एप वा वेबसाइटको होमपेजमा रहेको दराजमल च्यानलमार्फत ग्राहकले दराजमलसम्म सहजै पहुँच बनाउन सकिनेछ । मल ब्याड्ज भएका उत्पादनहरू आधिकारिक ब्राण्ड पार्टनरबाट मात्र उपलब्ध हुने भएकाले ग्राहकले मौलिकता र सेवा दुवैमा पूर्ण भरोसा तथा विश्वसनियताको प्रत्याभूती पाउन सकिने बताइएको छ । यसका साथै हरेक खरिदमा उपभोक्ताले ग्यारेण्टेड अथेन्टिसिटीका साथै विश्वसनिय तथा भरपर्दो सेवाको सुनिश्चितता प्रदान गर्छ ।

 

You might also like

Comments are closed.