काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले शिक्षा मन्त्री देवेन्द्र पौडेललाई मंगलबार ज्ञापन पत्र बुझाएको छ । इक्यानका निबर्तमान अध्यक्ष विष्णुहरि पाण्डेको नेतृत्वमा गएको इक्यान टोलीले शिक्षामन्त्रीलाई भेटेर १२ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको हो ।
शिक्षा क्षेत्रमा भएका विभिन्न समस्याका विषयमा ज्ञापन पत्र बुझाएको पाण्डेले जानकारी दिए । ईक्यानले विभिन्न शैक्षिक परामर्श व्यवसायका समस्या र अहिलेको व्यापक चर्चाको विषय धरौटीका विषयमा पनि शिक्षामन्त्रीलाई अवगत गराएको छ । इक्यानले शिक्षामन्त्री पौडेलसँगको छलफल सकारात्मक भएको जनाएको छ ।
इक्यानको तर्फबाट उक्त अवसरमा निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेसहित उपाध्यक्ष शेषराज भट्टराई, महासचिव दीपकराज भुसाल, सल्लाहकार लोकेन्द्र सुवेदी, सदस्य फिलिप डिसी एवं शैक्षिक परामर्श व्यवसायी प्रेम चापागाईंको उपस्थिति थियो ।
‘शैक्षिक परामर्श क्षेत्रको समग्र व्यवस्थापनका निमित्त तत्काल आवश्यक पहलकदमी हुन अनुरोध’ विषयको ज्ञापन पत्र बुझाइएको पाण्डेले बताए ।
ज्ञापन पत्रमा समावेश १२ बुँदाहरु निम्न छन् :
१. अलग नियमावलीका साथ व्यवस्थापन गरिनु पर्ने सम्वन्धमा
२. सेवा सञ्चालन स्विकृतीका विषयमा
३. शाखा सञ्चालनका सम्वन्धमा
४. शैक्षिक परामर्श, भाषा शिक्षण तथा भाषा परिक्षा सञ्चालन केन्द्रलाई सुरक्षण कोष(धरौटी)को औचित्यताको सम्बन्धमा ।
५. बैदेशिक अध्ययन अनुमति पत्र (NOC) –(जापान लगायत अन्य देश ) र NOC सम्बन्धी विविध विषयमा।
६. शैक्षिक शुल्कको विमा सम्वन्धमा ।
७. विद्यार्थी कल्याण कोषको ब्यवस्था सम्वन्धमा।
८. विदेशी लगानीका सम्वन्धमा ।
९. अनाधिकृत अनलाइन पोर्टल मार्फत भई रहेको परामर्श तथा भर्ना प्रकृया तत्काल बन्द गर्नु पर्ने सम्वन्धमा।
१०. विदेशी संस्थाका सम्पर्क कार्यालय तथा फ्रेन्चाइज मार्फत व्यवसाय गर्न बन्द गरिनु पर्ने सम्वन्धमा ।
११. मेडिकल शिक्षा तथा साझा प्रवेश परिक्षामा हाल विद्यमान व्यवस्थामा सुधार आवश्यक भएको सम्वन्धमा ।
१२. टिआइटिआई मार्फत हुने शैक्षिक परामर्शदाता सम्वन्धि तालिमका विषयमा पुनर्विचार गरिनु पर्ने सम्वन्धमा ।
Comments are closed.