इक्यान सर्वाधिक चर्चित र विश्वसनीय संघ बनेको छ

दीपकराज भुसाल, महासचिव, इक्यान

आजको दुनियाँ विज्ञान र प्रविधिको नियन्त्रणमा छ । विज्ञान र प्रविधिको चरम विकासँगै विश्वसमुदाय एउटा सानो गाउँमा रूपान्तरित हुँदैछ । छोटो दूरी पार गर्न र त्यहाँको खबर प्राप्त गर्न नै कयौँ दिन कुर्नुपर्ने अवस्थाबाट गुज्रिएका हामी आज न्यूरोडमा बसेर क्षणभरमा न्यूयोर्कको परिभ्रमण गर्न सक्ने अवस्थामा पुगेका छौं । भूमण्डलीकरण र वैश्विक ग्रमका अवधारणहरुले विश्वलाई दिनप्रतिदिन खुम्च्याउँदै लगेका छन् । यी सबै कुरा प्रविधिका क्षेत्रमा भएको द्रूतगामी विकासले सम्भव भएको हो । विज्ञान र प्रविधिका क्षेत्रको विकासको यो लहरले जीवनका हरेक सन्दर्भमा गहिरो प्रभाव पारिरहेको छ ।

यससँगै आज शिक्षा क्षेत्र पनि परिवर्तित भएको छ । विद्यार्थीको पढ्ने, शिक्षकको पढाउने र त्यसलाई व्यावहारिक कार्यान्वयन गर्ने हरेक सन्दर्भमा नवीनता देखिएको छ । आजको विद्यार्थी यही बद्लिँदो विश्व समुदायमा प्रतिस्पर्धा गरी त्यसलाई व्यवहारमा उतार्न सकिने र बजारमा बिकाउ हुने शिक्षाको खोजीमा छ । यसले खासगरी अल्पविकसित र विकासोन्मुख मुलुकका विद्यार्थीहरू आजको विश्वसमुदायले खोजी रहेको प्राविधिक र व्यावहारिक शिक्षाको खोजीमा संसार चहार्न थालेको छ । यसक्रममा कतिपय मुलुकका शैक्षिक संस्था, तिनको पाठ्यवस्तु, शैक्षिक प्रणालीका बारेमा स्पष्ट थाहा नपाएर तथा तिनीहरूसँगको पहुँचको अभावमा विद्यार्थीहरू अलमलिनुपर्ने अवस्थाको अन्त्य गरी विद्यार्थीहरूले चाहेको संस्था, विषय र स्थानमा शिक्षा हाँसिल गर्नु पाउनु पर्छ । आजको यसै तथ्यलाई ध्यानमा राखी नेपाली विद्यार्थीहरूले समकालीन विश्वसमुदाय समक्ष प्रतिस्पर्धा गर्न सक्ने शिक्षा आर्जन गर्न पाउनु पर्दछ भन्ने मान्यताका साथ इक्यान अभियानको स्थापना भएको हो । जोे संविधान प्रद्दत्त मौलिक हक नै हो ।

यसै सन्दर्भमा नेपाली विद्यार्थीहरूको विदेशी शिक्षा आर्जन गर्ने इच्छा, सोको लागि उपयुक्त पहुँचको खोजी र सोच स्वभाविकै हो । यो मान्यतालाई सार्थकता प्रदान गर्न शैक्षिक परामर्श व्यवसायीहरूको व्यावसायिक मर्यादा एवं गुणस्तरीय उपस्थितिले मात्र सम्भव बनाएको छ । इक्यानको स्थापना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षा प्रणाली र शैक्षिक संस्थाहरूसम्म नेपाली विद्यार्थीहरूको पहुँचको लागि नै हो । शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, गुणस्तरीय, पारदर्शी तथा विश्वसनीय बनाउने कुरामा इक्यानको ठूलो भुमिका छ । नेपालमा आज इक्यानको छवि तथा शाख वैदेशिक शिक्षाप्रति सरोकारवाला माझ अत्यन्त लोकप्रिय छ । आप्mना व्यवसायीहरूको प्रवद्र्धन, समाजमा इक्यानीयनहरूको गर्विलो उपस्थिति, व्यावसायिक संस्कार, सरकारी निकायहरूसँगको सहकार्यलगायत अन्य धेरै विषयवस्तुमा यो कार्यसमितिले प्रभावशाली कार्यसम्पादन गरेको छ । यहाँसम्म इक्यानलाई सर्वाधिक चर्चित र विश्वसनीय संघ बनाउन विभिन्न कालखण्डमा यस संघको केन्द्रीय समिति तथा विभिन्न शाखाका पदमा रहेर वा बाहिर रहेर आप्mनो अमूल्य सहयोग गर्नुभएको छ ।

jutta mela

एउटा लठ्ठी सजिलै भाँच्न सकिन्छ । लठ्ठीको मुठोलाई भाँच्न वा टुटाउन निकै ठूलो श्रम खर्च हुन्छ । यसै मान्यताअनुसार शैक्षिक परामर्शलाई आफ्नो व्यवसाय बनाएका संस्थाहरूलाई गोलबद्ध गरी एउटा कसिलो र बलिष्ट संगठनको स्वरूप दिने उद्देश्यले इक्यान स्थापना भएको हो । इक्यानले सदैव शैक्षिक परामर्श व्यवसायीहरूलाई उच्चतम सेवामुखी, पारदर्शी एवं गुणस्तरीय सेवा प्रदायकको रूपमा स्थापित गर्न ठोस योगदान पु¥याउने छ ।

आज हामीमाथि अवसर र चुनौती दुबै समानान्तर रूपमा देखिएका छन् । एकातिर देशका अधिकांश विद्यार्थीहरू आफ्नो उच्च शिक्षाका लागि विश्वका विभिन्न मुलुकमा जाने क्रम निरन्तर बढिरहेको छ भने त्यससँग विश्वका विभिन्न कुना कन्दरामा पुगेका नेपाली विद्यार्थीहरूले विविध प्रकारका झमेला झेल्नु परेका खबरहरू पनि उत्तिकै आइरहेका छन् । यस्तो अवस्थामा हाम्रो संस्थाको आवश्यकता र औचित्य झनै बढी टड्कारो बनेर देखिएको छ ।

(इक्यानको १८औं साधारणसभामा प्रस्तुत महासचिवको प्रतिबेदनमा आधारित)

स्वदेशमै विद्यार्थी पढाउनुपर्छ भनेर ‘स्टडी इन नेपाल’ अभियान चलाएका हौं

You might also like

Comments are closed.