दिपल ई०७ को औपचारिक डेलिभरी सुरु

काठमाडौं । एमएडब्लु वृद्धि अटोकर्पले संसारकै पहिलो ‘ट्रान्सफर्मर एसयुभी’ भनेर चिनिने दिपल ई०७ को औपचारिक डेलिभरी सुरु गरेको छ । अब ‘अटोमोटिभ इन्थुजियास्ट’ र ई०७ का ग्राहकले ट्रान्सफर्म गर्न सक्ने क्षमता भएको क्रान्तिकारी एसयुभीको ‘फस्टह्यान्ड’ अनुभव गर्न सक्ने भएका छन् ।

एउटा बटन थिच्ने बित्तिकै ‘लक्जरियस एसयुभी’बाट सजिलैसँग बहुउपयोगी ‘पिकअप ट्रक’ र ‘क्याम्पिंग भेहिकल’मा परिणत हुन सक्ने अनौठो क्षमता भएको दिपल ई०७ ले सार्वजनिक भएपछि नेपाली अटोमोबाइल जगतमा गज्जबको उत्साह सञ्चार भएको थियो । ‘इन्डस्ट्री फस्र्ट’ फिचर, ‘कटिंग एड्ज’ प्रविधि र अद्वितीय पर्फर्मेन्स भएको ई०७ ले अटोमोबाइल क्षेत्रमा नयाँ मापदण्ड स्थापना गरेको थियो ।

‘रियर ह्विल ड्राइभ’ र ‘अल ह्विल ड्राइभ’ दुवैमा भेरियन्टमा उपलब्ध हुने दिपल ई०७ ले बेजोड पावर र पर्फर्मेन्स दुवै प्रदान गर्छ । हाललाई ‘रियर ह्विल ड्राइभ’को डेलिभरी सुरु भएको हो । ‘रियर ह्विल ड्राइभ’मा १९० किलोवाटको मोटर जडान गरिएको छ जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ । यसमा ८९.९ किलोवाट आवरको ब्याट्री रहेको छ जसले सिंगल चार्जमा ५६६ किलोमिटरको रेन्ज दिन्छ ।

‘हामीले ई०७ लाई नेपालमा सार्वजनिक गरेपछि बुकिंग सुरु गरेका थियौं । बजारबाट हामीले एकदमै राम्रो प्रतिक्रिया पाएका छौं,’ एमएडब्लु वृद्धिका सिईओ रुपेश शर्मा भट्ट भन्छन्, ‘बुकिङ गरेका ग्राहकको पहिलो ब्याचलाई हामी डेलिभरी दिइसकेका छौं । हामी ग्राहकको साथ र विश्वासका लागि धन्यवाद दिन चाहन्छौं र विश्वस्तरीय उत्पादन नेपाली बजारमा ल्याउन प्रतिबद्ध छौँ ।’

डेढ महिनाको कुरिरहेका ग्राहकलाई अन्ततः एमएडब्लु वृद्धिले ‘अटोमोबाइल मार्भेल’ ई०७ को डेलिभरी पाएका हुन् । दिपल ई०७ ले एड्भेन्चरको कन्सेप्टलाई नै पुनः परिभार्षित गरिदिएको छ । अब भने ट्रान्सफर्मर क्षमता र अद्वितीय लक्जरीले भरिएको ई०७ नेपाली ग्राहकले अनुभव गर्न पाउने भएको छ ।

दिपल ई०७ मा प्रयोग गरिएको ‘सुपर ब्रेन सेन्ट्रल कम्प्युटिंग प्लेटफर्म’ले ‘सिमलेस कन्ट्रोल’ र ‘रियलटाइम रेस्पोन्स’ दिन्छ । यसमा २८.८६ इन्टको ‘अग्मेन्टेड रियारिटी हेडअप डिस्प्ले’ र १५.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ प्रयोग गरिएको छ जसले ‘ड्राइभिंग एक्सपिरियन्स’ लाई राम्रो बनाउने मात्र होइन सुरक्षित पनि बनाउँछ ।

सहज यात्रा र सुरक्षाका लागि यसमा ५ प्रकारको ‘क्र्युज असिस्ट’, ४ वटा ‘पार्किंग असिस्ट’ फिचर र १४ ‘सेफ्टी प्रोटेक्सन सिस्टम’, ५ एमएमको ‘वेब राडार’, ५ वटा क्यामेरा र १२ वटा ‘अल्ट्रासोनिक राडार’ प्रयोग गरिएको छ । साथै, यसमा ५४० डिग्रीको ‘सराउन्ड भ्यु’ र ‘सी२ सेन्ट्रल कम्प्युटिंग’ रहेको छ जसले ‘नेभिगेसन’ र पार्किङ आदिलाई सजह बनाउँछ ।

दिपल ई०७ मा ‘गोल्डेन बेल जार सीटीभी इन्टिग्रेटेड ब्याट्री’ प्रयोग गरिएको छ जसले अत्यन्त चिसोमा पनि बेमिसाल ‘पर्फर्मेन्स’ दिनेछ । ‘एडाप्टिभ आयल कुलिंग सिस्टम’ र ‘अल्ट्र–थिन सिलिकन मोटर कभरिंग’ ले ब्याट्रीको ‘इफिसेन्सी, रिलायबिलिटी र इनर्जी सेभिंग’ मा मद्दत गर्छ । यसको ‘युनिक सुपर पावर सेभिंग मोड’ ले ड्राइभिंग रेन्जलाई अझ बढाउँछ ।

 

You might also like

Comments are closed.