शुक्रबारदेखि इटहरीमा दीपलको एक्सचेन्ज क्याम्प हुँदै

इटहरी । इटहरीमा दीपलको विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प हुने भएको छ । भोलिदेखि एमएडब्लू वृद्धिले इटहरीको आधिकारिक डिलर सर्ब मोटर्सको नयाँ शोरुम उद्घाटनको अवसरमा टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको हो ।

नयाँ शोरुममा ग्राहकले भदौ २० देखि २३ गतेसम्म दीपलका अत्याधुनिक ईभी लाइनअपको टेस्ट ड्राइभ र मानव रोबोटको अनुभव गर्न पाउने कम्पनीले जनाएको छ । ग्राहकले दीपल एस ०७ आईसीए, स्टाइलिस सेडान एल ०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयूभी दीपल ई०७ र अल्ट्राप्रिमियम लक्जरी एसयूभी अवतार ११ र दीपल एस ०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

साथै, ग्राहकले चारवटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन, केही निश्चित दीपल मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्स, ट्राभल चार्जर निःशुल्क पाउनेछन् ।

यो कार्यक्रममा दीपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिने छ । जसले आर्टिफिशियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष अनुभव गर्न पाउनेछन् ।

You might also like

Comments are closed.