वीरगञ्ज । वीरगञ्जमा बिहिबारबाट दीपलको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज क्याम्प सुरु भएको छ । दीपलको नयाँ स्टेट अफ आर्ट शोरुममा विभिन्न अफरसहित विशेष टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज क्याम्प सुरू गरिएको हो ।
यस क्याम्पमा ग्राहकले दीपलका अत्याधुनिक ईभी लाइनअपहरू दीपल एस ०७ आइसीए, दीपल एल ०७ र अल्ट्राप्रिमियम लक्जरी एसयूभी अवतार ११ र दीपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नेछन् । यस एक्सचेन्जमा चारवटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्याङ्कन पाउनेछन् ।
साथै दीपलका केही निश्चित मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स, इन्स्योरेन्स र निःशुल्क ट्राभल चार्जर पनि रहेको छ । आजबाट सुरु भएको क्याम्प ४ दिनसम्म चल्नेछ ।









Comments are closed.