दिपल एस ०७ आईसिएमा ‘बाइब्याक ग्यारेन्टी’ र ५ वर्षसम्म ‘शून्य खर्च’ योजना पुनः सुरु

काठमाडौं । लक्जरी ईभी ब्रान्ड दिपलका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्ना ग्राहकको विश्वास अझ मजबुत बनाउन दिपलको ‘फ्ल्यागशिप’ मोडेल दिपल एस ०७ आईसिएमा ‘बाइब्याक ग्यारेन्टी’ र ५ वर्षसम्म शून्य खर्च योजना पुनः सञ्चालन गरेको छ । यस योजनाले ग्राहकको रिसेल मूल्यप्रतिको चिन्ता हटाउने तथा विद्युतीय सवारीको स्वामित्व अनुभवलाई झनै सहज र विश्वसनीय बनाउने कम्पनीको प्रतिबद्धता झल्काउँछ ।

यो योजनाअन्तर्गत दिपल एस ०७ आईसिए किनेका ग्राहकले खरिदको दोस्रो वर्षदेखि पाँचौँ वर्षसम्म जुनसुकै समयमा पूर्व–निर्धारित मूल्यमा एमएडब्लु समूहलाई सवारी फिर्ता बेच्न सक्नेछन् । कम्पनीका अनुसार यसले ईभी खरिदकर्ताले बहुधा राख्ने रिसेल मूल्यसम्बन्धी चिन्तालाई पूर्ण रूपमा सम्बोधन गर्नेछ ।

बाइब्याक योजनासँगै ग्राहकहरूले ५ वर्षसम्म कुनै अतिरिक्त खर्च वहन गर्न नपर्ने आकर्षक सुविधा पनि पाउनेछन् । जसमा, ५ वर्षको अटोप्लस इन्स्योरेन्स, नियमित पिरियडिक मेन्टेनेन्स, चार्जिङ खर्च, रोड ट्याक्स जस्ता सबै खर्च कम्पनीले नै ब्यहोर्नेछ । यस सुविधाले ग्राहकलाई पूर्ण चिन्तामुक्त र सहज ईभी अनुभव दिलाउने कम्पनीले जनाएको छ ।

एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, “हाम्रो उद्देश्य ग्राहकलाई इभी यात्राभर आश्वस्त पार्नु र ‘पीस अफ माइन्ड’ प्रदान गर्नु हो । दिपल एस ०७ आईसिए नेपालका बदलिँदो गतिशीलता आवश्यकताहरू पूरा गर्ने, आरामदायी र इन्टेलिजेन्ट एसयुभी हो । यो स्किमले ग्राहकलाई विश्वसनीय र सहज इभी ओनरशिप अनुभव दिलाउनेछ ।”

दिपल एस ०७ आईसिए अत्याधुनिक प्रविधियुक्त लक्जरी एसयुभी मानिन्छ । दिपल एपमार्फत कारसँग टाढाबाटै संवाद गर्न सकिने सुविधा—जस्तै झ्याल खोल्नेरबन्द गर्ने, एसी कन्ट्रोल, चार्जिङ अवस्था हेर्ने तथा लोकेशन ट्र्याक गर्ने—उपलब्ध छन् । यसमा ४जीर५जी हॉटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्ट, अमेजन म्युजिक, स्पोटिफाई र लाइभ नेभिगेसनका सुविधा समेत समावेश छन् ।

यस मोडेलले आफ्नो ‘टाइमलेस डिजाइन’ र उद्योगमै पहिलो पटक समावेश गरिएका १० भन्दा बढी ‘इन्डस्ट्री–फर्स्ट’ सुविधासहित इलेक्ट्रिक मोबिलिटीमा नयाँ स्तर स्थापित गर्दै दिपलको भविष्यद्रष्टा भिजनलाई प्रतिबिम्बित गर्छ ।

You might also like

Comments are closed.