क्रिकेट लिजेन्ड ब्रायन लाराले गरे दिपलको आधिकारिक ब्याटमा हस्ताक्षर

काठमाडौं । नेपालमा फ्युचरिस्टिक कार दिपलको आधिकारिक वितरक चाङ्गान नेपालले क्रिकेटर ब्रायन लाराको सम्मानमा एक कार्यक्रम गरेको छ । काठमाडौंको याक एण्ड यति होटलमा नेपाल क्रिकेट संघसँगको सहकार्यमा भएको कार्यक्रममा क्यानका पदाधिकारी, एनपीएलका टिम सञ्चालक, क्रिकेटर तथा दिपलका ग्राहक सहभागी थिए ।

क्रिकेट लाराले क्यानका सचिव तथा दिपल इभिजका ब्रान्ड एम्बेसर पारस खड्का र नेपालमा डीपलका मालिक विष्णुकुमार अग्रवालको उपस्थितिमा दीपलको क्रिकेट ब्याटमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा क्रिकेट लिजेन्ड लाराले प्रख्यात क्रिकेट होस्ट एन्ड्रयू लियोनार्डसँग क्रिकेटप्रतिको आफ्नो लगाव र अविस्मरणीय कथाहरू सुनाए ।

दिपल १६२ वर्षको विरासत भएको चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी चाङ्गानको भविष्यवादी र बुद्धिमानी उप–ब्रान्ड हो । ८ महिनाअघि नेपालमा लन्च गरेपछि दिपल इभीका ६५० युनिटहरू बिक्री भइसकेका छन्, जसमा गाडीहरू मुख्यतया यसको डिजाइन र प्रविधिका कारण ग्राहकको रोजाइमा परेका छन् ।

दिपल ईभीजमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले, जेस्चर कन्ट्रोल तथा हेडरेस्ट र आउटडोर स्पिकरहरू लगायत १५ भन्दा बढी पहिलो पटक आविष्कार गरिएका फिचरहरू छन् । जसले यसलाई छोटो अवधिमा नेपाली बजारमा सबैभन्दा लोकप्रिय ईभी बनाएको छ ।

lcci
You might also like

Comments are closed.