विर्तामोडमा दिपल र नामीको नयाँ शोरुम उद्घाटन हुँदै

ग्राहकलाई टेस्ट ड्राइभ र एक्सचेञ्जको सुबिधा

काठमाडौं । एमएडब्लु वृद्धिले विर्तामोडमा दिपल र नामीको नयाँ शोरुम उद्घाटन र टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ । आउँदो शनिबारदेखि ४ दिनसम्म दिपल र नामीको नयाँ शोरुम उद्घाटनसँगै लामो टेस्ट ड्राइभ र एक्सचेञ्ज आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।

सो अवसरमा सहभागीले दिपल, नामी, सेरेस र अवतार ब्राण्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनको अनुभव लिन पाउनेछन् । यी ब्राण्डहरू हाल नेपालमा सबैभन्दा लोकप्रिय र प्रविधिमैत्री इभि ब्राण्डका रूपमा स्थापित भइरहेका छन् ।

साथै रोबोटहरूसँग अन्तर्क्रिया गर्ने अवसर पनि रहेको छ । यस कार्यक्रममा हालै सम्पन्न नाडा अटो शोमा धेरै चर्चित भएका दिपल एस०५ र नामी भिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ । स्लिम डिजाइन, आधुनिक फिचरहरू र दिगो गतिशीलताको संयोजनका साथ यी सवारी साधनले नेपाली ग्राहकबीच छोटो समयमा नै उच्च लोकप्रियता कमाएका छन् ।

एमएडब्लु वृिद्धले विशेष प्रमोशनल अफरहरू पनि उपलब्ध गराउनेछ । पूराना गाडी साट्न चाहने ग्राहकका लागि आकर्षक एक्सचेञ्ज बोनस, विशेष नगद छुट, प्रत्येक खरिदमा निःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्नेका लागि उपहार रहेका छन् ।

You might also like

Comments are closed.