यस्ता छन् डेंगु रोगका लक्ष्यण र बच्ने उपाय

गर्मी सगै रोगहरु पनि लाग्ने गर्दछ । गर्मीको बेलामा लाग्ने रोगहरु मध्य डेंगु ज्वरो पनि एउटा रोग हो । यो रोगले गर्मी मौसमा निकै सताउने गरेको पाइन्छ ।चिकित्सकका अनुसार ‘एडिस एजिप्टाई’ नामक प्रजातिको लामखुट्टेले टोक्दा डेंगु लाग्ने गर्दछ ।

संक्रमित लामखुट्टेले टोकेको ५ देखि १० दिनभित्र बिरामीमा लक्षण देखिन्छ । संक्रमित लामखुट्टेले एउटै व्यक्तिलाई दोहो¥याएर टोके यसले जटिल रूप लिन्छ । यो लामखुट्टे बिहान र दिउँसो बढी सक्रिय हुन्छ । यो जमेको पुरानो तथा सफा पानी, एसी, गमलाको पानी, गाडीको टायर, खुला भाँडालगायत ठाउँँबाट फैलने गर्दछ ।डेंगुको संक्रमण भएपछि रक्तश्राव भई प्रतिरक्षा क्षमता कम भएकाहरूको मृत्युसमेत हुनसक्छ ।
यो रोग लागे पछि हाम्र शरिरमा विभिन्न किसिमको लक्षणहरु देख पर्दछ । त्यस मध्य पनि मुख्य लक्षणहरुमा

–शरीर धेरै दुख्ने ।
–कडा ज्वरो आउने ।
–कसैलाई ज्वरो नआउने ।
–शरीरमा रातो र नीलो धब्बा देखिने ।
–वान्ता हुने ।

jutta mela

–आन्तरिक रक्तश्राव हुने ।
–शरीरमा पानीको मात्रा कम हुने गर्दछ ।

यस्तो लक्षण देखिये भने तुरुन्त त्यसको उपचारमा लाग्नु पर्ने हुन्छ । यदी यो रोग लाग्न नदिनको लागी निम्न उपायहरु अपनाउन सक्छौ :

–शरीर छोप्ने गरी लुगा लगाउने ।
–लामखुट्टेलाई असर गर्ने मलम शरीरमा दल्ने ।
–सफा पानी जम्ने भाँडा खुला नराख्ने।
–बेलैमा लामखुट्टेको लार्भा नष्ट गर्ने।

यदी यो रोग लागिहाल्यो भने चिकित्सको सल्लाह अनुसार ज्वरो आएको छ भने सिटामोल खान दिने, जलविनियोजनमा स्लाइन र रगत बढी बगे रगत दिनुपर्ने अवस्था पनि आँउछ । हमीले माथि खउल्लेख भएकामध्ये कुनै पनि लक्षण देखिए बिरामीले चिकित्सकको सल्लाहमा मात्र उपचार गर्नुपर्छ । यो रोग लागेको बेला प्रशस्त मात्रामा झोल कुरा खाने र पानी पिउने गर्नु पर्ने चिकित्सकहरुले सल्लाह दिने गर्दछन् ।

 

You might also like

Comments are closed.