काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सामानुपातिक सांसद् डा.ढाकाकुमार श्रेष्ठले स्वास्थ मन्त्रीमा दावी गरेका छन् । पोखराका स्थायी बासिन्दा श्रेष्ठ लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय छन् ।
स्वास्थ्य क्षेत्रमा लामो अनुभव रहेका कारण नै आफूले स्वास्थ मन्त्रीमा दावी गरेको श्रेष्ठको भनाई छ । अस्पतालहरुमा स्वास्थ्य सेवा लिने आम नागरिकले सहजरुपमा सेवा नपाइरहेको अवस्थामा आफू स्वास्थ्य मन्त्री बने देशभरीका आम नगरिकहरुलाई पहुँच पुग्नेगरी उपचारको सुविधा उपलब्ध गराउने डा. श्रेष्ठले बताएका छन् ।
यसका साथै समय आवश्यक औषधीहरु उपलब्ध नहुनु, बिरामीले लाइन बस्नुपर्ने बाध्यता, स्वास्थ्य बीमा प्रभावकारी रुपमा हुन नसक्नु, बेड अभावलगायतका समस्याको उचित समाधान गर्ने बताउँदै उनले भने, कुनै बाआमा, दाजुभाई दिदीबहिनीलगायत औषधी उपचार नपाएर कसैको पनि आँखाबाट आँसु नआओस् भन्ने तरिकाले काम गर्छु ।’
यसका साथै स्वास्थ्य क्षेत्रमा भएका अन्य विकृति विसंगतीको अन्त्य गरि सर्वसुलभे स्वास्थ्य सेवा प्रवाह हुने वातावरणको सिर्जना गर्ने बताए । यसका साथै एमबीबीएस, नर्सिङ पढ्ने विद्यार्थीहरुलाई पढ्नकै लागि विदेश जाने बाध्यताको अन्त्य गर्ने बताएका छन् ।
अस्पतालहरु सहर बजार केन्द्रित मात्रै नभइ गाउँघरका दुरदराजमा बसोबास गर्ने नागरिकका लागि पनि सहज स्वास्थ्य सेवाको पहुँच हुनुपर्ने बताए । त्यसका लागि पनि आफूले पहल गर्ने डा. श्रेष्ठले बताए ।
Comments are closed.