पोखरा । एसियन डेभलपमेन्ट बैंकको नेपाल स्थित आवासीय कन्ट्री डाइरेक्टर र्अनोड एम. काउचोइसले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा पोखराको दीगो पर्यटन विकास कार्यक्रममा लगानीका लागि एडिबी इच्छुक रहेकाले त्यसका सम्बन्धमा छलफल गरिएको छ। पर्यटनको राजधानी सहरका रूपमा परिचित पोखराको पर्यटन विकासलाई दीगो बनाउन एडिबी थप लगानी गर्न तयार रहेको बैंकका कन्ट्री डाइरेक्टर काउचोइसले बताए ।
पोखराको समग्र विकास प्रति आफूहरू सकारात्मक रहेको बताउदै काउचोइसले पोखरा मुग्लिन सडक विस्तार आयोजनाका विषयमा समेत चासो राखे । कोत्रे–मुग्लिन सडक खण्डमा आयोजनाको १५ प्रतिशत काम सकिएको छ भने, कोत्रेदेखि पृथ्वीचोकसम्मको खण्डमा भने अझै काम सुरु भएको छैन्।
प्राविधिक कारणले सुरु हुन नसकेको उक्त खण्डको समस्या समाधानका लागि पोखरा महानगरपालिकाले सम्बन्धित सरोकारवालाहरुसंग आवश्यक छलफल तथा समन्वयसमेत गरिरहेको प्रमुख आचार्यले जानकारी गराए । महानगरपालिकाले यस खण्डको सडक अन्तरगत राइट अफ वे खाली गर्नका लागि सार्वजनिक आह्वान समेत गरिसकेको छ।
Comments are closed.