नगर प्रमुख आचार्यको ब्रह्माकुमारीजमा रक्षा सूत्र

काठमाडौं ।  रक्षाबन्धनको पूर्वसन्ध्यामा पोखराले पोखराको नयाबजारमा स्थित ब्रह्माकुमारी इश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले रक्षाबन्धन एवम् स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका समर्पित सदस्यहरुका लागि संगठनलाई एकता, आत्मिक प्रेम र मर्यादाको सुत्रमा बाँध्ने उद्देश्यका साथ संस्थाको नयाँबजारस्थित राजयोग सभाहलमा रक्षाबन्धन एवम् स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको  आज सम्पन्न गरेको हो ।

पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले प्रमुख अतिथिको ग्रहण  गरी शुभकामना अनुशासित, सभ्य र नैतिकवान समाज निर्माण गर्नमा अवश्य नै यस संस्थाका सशक्त नारीशक्तिको महत्वपूर्ण योगदान रहने कुरामा आफू विश्वस्त रहेको  महानगरको साथ र सहयोग संस्थाका हर कार्यप्रति सदा रहने प्रतिबद्धता व्यक्त गरे ।

jutta mela

संस्थाको मुख्यालय माउन्ट आबु समेत भ्रमण गरेर आइसकेका नगर प्रमुख आचार्यले यहाँ सेवारत आजीवन समर्पित सदस्यहरुको लगनशिलता, सर्मपण, अनुशासन र संगठन देखेर आफू प्रभावित भएको कुरा बताए ।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष राजयोगिनी ब्र.कु. परिणीता दिदीले शुभकामना तथा आशिर्वचन दिने क्रममा रक्षाबन्धन पाँच विकारहरुबाट आत्माको रक्षाको लागि बाँधिएको पावन एवं अलौकिक पे्रमको बन्धन भएकाले मन, वचन, कर्ममा धारण गरिने पवित्रताले नै मानिसको आचरणमा दिव्यता आउन सक्ने र जसको फलस्वरुप विश्वमा पुनः सुख, शान्ति सम्पन्न दैवी स्वराज्य स्थापना हुन सक्ने कुरा व्यक्त गरे ।

कार्यक्रममा संस्थाको मुख्यालय माउन्ट आबुबाट मुख्य प्रशासिका राजयोगिनी डाक्टर दादी रतनमोहिनीले पठाएको राखीलाई प्रमुख अतिथि एवम् सभा अध्यक्षले संयुक्त रुपमा विमोचन गरेका थिए भने राजयोगिनी दिदीको हातबाट नगरप्रमुख र उनको श्रीमतीले पनि रक्षासूत्र ग्रहण गरेका थिए ।

संस्थाका महासचिव राजयोगी ब्र.कु. शैलेषराज बरालले रक्षाबन्धनको शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाका गतिबिधिहरुका बारेमा जानकारी दिनुका साथै नगर प्रमुखलार्ई सफल कार्यकालको बधाई तथा शुभकामना दिएका थिए । उनले अत्यन्तै व्यस्त जीवनशैलीमा तनावमूक्त रहेर कार्यकुशलता अभिवृद्धि गर्नका लागि मेडिटेसन लाभदायक रहने कुरामाथि जोड दिदैं नगर प्रमुख आचार्यलाई अन्तरमनलाई रिचार्ज गर्नका लागि मेडिटेसन सिक्न आग्रह पनि गरेका थिए ।

कार्यक्रममा संस्थाका पोखराको सेरोफेरोमा रहेका सेवाकेन्द्रका सञ्चालिका तथा समर्पित सदस्य सहित कुल १०० जना सहभागी भएर संस्थाका अध्यक्ष राजयोगिनी परिणीता दिदीको हातबाट रक्षासूत्र ग्रहण गरेका थिए ।

श्रावण २७ गते शुक्रबारको दिन संस्थाका पोखरामा रहेका २२ वटा सेवाकेन्द्र सहित देशभरी रहेका करिब ९०० सेवाकेन्द्रहरुमा भव्य रुपले जनसमुदायलाई रक्षा सूत्र ग्रहण, आध्यात्मिक प्रवचन एवम् अवगुण दान आग्रह तथा प्रसाद वितरण कार्यक्रम गर्ने तयारी गरिरहेको जानकारी संस्थाका महासचिव राजयोगी ब्र.कु. शैलेषराज बरालले दिए । कार्यक्रममा संस्थाको लवलीहिल शाखा सञ्चालिका ब्रह्माकुमारी सुधा दिदीले रक्षाबन्धन पर्वको आध्यात्मिक रहस्यमाथि प्रकाश पारेका थिइन् भने कार्यक्रमको कुशल सञ्चालन नयाँबजार क्षेत्रीय कार्यालय सञ्चालिका ब्रह्माकुमारी शोभा दिदीले गरेकी थिइन् ।

You might also like

Comments are closed.