धौलागिरी र खप्तड लघुवित्तबीच मर्जर सम्झौता

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त मर्जर हुने भएका छन् ।

धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच आइतबार बिहान मर्जरको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा खप्तडको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठ र धौलागिरीको तर्फबाट अध्यक्ष इश्वरलाल राज भण्डारीले हस्ताक्षर गरेका हुन् ।

आज भएको सम्झौता अनुसार मर्जरपछि बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त नै रहने छ भने अध्यक्षमा इश्वरलाल राज भण्डारी रहने छन्।
सम्झौतासँगै मर्जरको लागि मर्जर संयोजक समिति गठन भएको छ।

यी दुवै लघुवित्तले हालै मात्र आइपिओ निष्कासन गरेका थिए। राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बाग्लुङ नगरपालिका-२, श्रीनगर टोल, बाग्लुङमा रजिष्टर्ड कार्यालयमार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ।त्यस्तै, सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ।

You might also like

Comments are closed.