काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल्स क्षेत्रको व्यापार ८० प्रतिशतले घटेको बताएका छन् ।
नाडाको ४६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले अटो क्षेत्रको व्यापार ८० प्रतिशतले घटेको तर बैंकको ब्याजदर भने ७ प्रतिशतबाट १६ प्रतिशत माथि पुगेकाले व्यवसायीहरु मारमा परिरहेको बताए ।
अध्यक्ष थापाले राज्यलाई अटोमाबाइल्स क्षेत्रबाट मात्रै २१ प्रतिशत राजश्व बुझाउने गरेपनि राज्यले अटोमोबाइल्स क्षेत्रलाई सहयोग नगरेको गुनासो गरे । उनले वर्तमान सरकार आएपछि व्यवसायी उत्साही भएपनि अटोको व्यापार भने घट्दै गएको गुनासो गरे।
अटो व्यवसायीहरुले एउटा सवारी साधन आयात गरेर नेपाल ल्याउँदा सरकारका ६ वटा निकायमा वर्षको कर बुझाउनुपर्ने अवस्था रहेको उनले बताए ।
Comments are closed.