भरपर्दो तथा विश्वसनीयता नै जेकेटेकोको विशेषताः दीपेन्द्र कर्माचार्य

दीपेन्द्र कर्माचार्य
सेल्स डाइरेक्टर, बारकोड नेपाल

जेकेटेको कस्तो खालको ब्राण्ड हो ?
जेकेटेको अन्तर्राष्ट्रिय ब्राण्ड हो । बारकोड नेपालले यो ब्राण्डलाई नेपाली बजारमा भित्र्याएको हो । संसारको उत्कृष्ट ब्राण्ड बन्न सफल यो ब्राण्ड नेपालमा बिगत सन् २००४ बाट बिक्री भइरहेको छ । यो हाजिरी मेसिन हो । कर्पोरेट ग्रुप तथा सरकारी कार्यालयहरुमा यो ब्राण्ड धेरै प्रयोग भइरहेको छ । नेपालमा सबैभन्दा बढी बजार हिस्सा जेकेटेकोले ओगटेको छ । भरपर्दो तथा विश्वसनीयता नै यसको विशेषता हो

जेकेटेकोका कुनकुन प्रण्डक्ट नेपाली बजारमा छन् ?
हाजिरी मेसिन, सिसीटिभी, स्मार्ट लक, पोस मेसिन, बायोमेट्रिक्स, ग्रिन लेबल प्रोडक्ट, इन्ट्रान्स मेसिनहरु नेपाली बजारमा उपलब्ध छन् । नेपालका प्राय सबै जिल्लामा डिलरमार्फत जेकेटेको ब्राण्डलाई ग्राहकमाझ पुर्याउन हामी सफल छौं ।

jutta mela

नेपालमा जेकेटेकोको बिक्री कस्तो छ ?
उत्कृष्ट र राम्रो विशेषताकाले जेकेटेको प्रति ग्राहकको आकर्षण छ । अन्य कम्पनीको तुलनामा बजारहिस्सा पनि ओगटेको छ । देशभर हामीले प्रदान गर्ने सेवाबाट हाम्रा ग्राहक पनि सन्तुष्ट भएको पाएका छौं ।

लक्षित ग्राहक कोको हुन् ?
कर्पोरेट ग्रुप, बैंक तथा वित्तीय संस्था, स्कुल, व्यावसायिक प्रतिष्ठान, सरकारी तथा गैरसरकारी कार्यालय तथा विभिन्न संघसंस्थाहरु हाम्रा लक्षित ग्राहक हुन् । पछिल्लो समय व्यक्तिगत प्रयोगनका लागि पनि आवासीय घरहरुमा समेत सुरक्षाको दृष्टिकोणले सिसीटिभी लगायत डोर लकहरु प्रयोग गर्ने गरेको पाइन्छ ।

किन जेकेटेको ब्राण्ड नै प्रयोग गर्ने ?
फेस, थम, युजर लक क्यापासिटी र सफ्टवयर राम्रो भएकाले जेकेटेको ब्राण्ड प्रयोग गर्नुपर्छ । हार्डवयर र सफ्टवयर दुवैमा राम्रा विशेषता छन् । कार्यालय तथा घरभन्दा बाहिर रहेको अवस्थामा मोबाइल सेल्फीबाटै हाजिरी गर्न मिल्ने विशेषता छ । यस्तो धेरै र उत्कृष्ट विशेषताका कारण यो ब्राण्ड प्रयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ । नेपालकै उत्कृष्ट र भरपर्दो ब्राण्ड पनि हो जेकेटेको ।

You might also like

Comments are closed.