काठमाडौं । दोलखाको वैत्यश्वर काँग्रेस र नेकपा एमाले कार्यकर्ताबाट बुथ कब्जाको प्रयत्न गरेपछि मतदान रोकिएको छ ।
बिहानैदेखि गैरीमुदी, जनज्योति मावि र कालिढुंगा मावि मतदान केन्द्रमा तनावपूर्ण रहेको छ । दोलखाको बैत्यश्वर गाउँपालिकाका वडा नम्बर १, २ र ३ मा मतदान स्थलमा काँग्रेस र नेकपा एमाले कार्यकर्ताबाट बुथ कब्जाको प्रयत्न भएपछि ढुंगामुढा र झडपको अवस्था आएपछि मतदान रोकिएको हो ।
निर्वाचन अधिकृत वशिष्ट घिमिरेका अनुसार वडा नम्बर १ र ३ मा मतदान सुरु भएपछि स्थगित गरिएको हो । २ मा भने मतदान नै सुरु हुन सकेन ।
स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायरसमेत प्रहरीले गरेको छ । त्यहाँ थप सुरक्षाकर्मी झिकाइएको र समस्या समाधानका लागि छलफलको प्रयास भइरहेको स्रोतले जानकारी दिएका छन् ।
वैत्यश्वर काँग्रेस र एमाले एक्लाएक्लै प्रतिस्पर्धामा छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादीबिच गठबन्धन भएको छ ।
Comments are closed.