यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं ।  आइतबार हालसम्मकै महँगो भएको डलरको भाउ सोमबार भने स्थिर रहेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदमा भने १२७ रुपैयाँ ८० पैसा र बिक्रीमा १२८ रुपैयाँ ३९ पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर आज ८१ रुपैयाँ ४७ पैसा र बिक्री दर ८१ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ७० पैसा र बिक्री दर ९५ रुपैयाँ १३ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर आज १४६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५४ पैसा तोकिएको छ।

साथै सोमबार कुवेती दिनार एकको खरिद दर ४२३ रुपैयाँ ६२ पैसा र बिक्री दर ४२५ रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिद दर ३४८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५० रुपैयाँ २३ पैसा तोकिएको छ।

त्यसैगरी, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ १० पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३४ रुपैयाँ ९९ पैसा र बिक्री दर ३५ रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिद मूल्य ३५ रुपैयाँ ७९ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ९६ पैसा,मलेसियन रिंगिट एकको खरिद मूल्य सोमबार २७ रुपैयाँ ९६ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ९ पैसा राष्ट्र बैंकले तोकेको छ।

 

 

You might also like

Comments are closed.