डलरको भाउ अहिलेसम्मकै उच्च, कुन देशको मुद्रा विनिमय दर कति ?

सुनिता सुबेदी, काठमाडौ । नेपाली बजारमा बुधबार अमेरिकी डलरको मूल्य अहिलेसम्मको उच्च भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ४८ पैसा र विक्री मूल्य १३२ रुपैयाँ ८ पैसा रहेको छ ।

त्यस्तै बुधबार युरोपियन युरो एकको खरिद मूल्य १२९रुपैयाँ १५ पैसा र बिक्रीमा १२९ रुपैयाँ ५४ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८२ रुपैयाँ ७७ पैसा र बिक्री दर ८३ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५० पैसा र बिक्री दर ९५ रुपैयाँ ९३ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर आज १४८ रुपैयाँ २० पैसा र बिक्रीदर १४८ रुपैयाँ ८८ पैसा तोकिएको छ। साथै  कुवेती दिनार एकको खरिद दर ४२३ रुपैयाँ ८६पैसा र बिक्री दर ४२५ रुपैयाँ ७६ पैसा, बहराइन दिनार एकको खरिद दर ३४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३५० रुपैयाँ ३७ पैसा तोकिएको छ।

त्यसैगरी, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ र बिक्री दर ३५ रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिद मूल्य ३५ रुपैयाँ ८० पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ९६ पैसा,मलेसियन रिंगिट एकको खरिद मूल्य २७ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ०१ पैसा राष्ट्र बैंकले तोकेको छ।

जापानी रियाल १० को खरिद मूल्य ८ रुपैयाँ ८१ पैेसा र बिक्री मूल्य ८ रुपैयाँ ८६ पैसा, चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २६ पैसा र बिक्री दर १८ रुपैयाँ ३४ पैसा, हङ्कङ डलर एकको खरिद मूल्य १६ रुपैयाँ ७५ पैसा र बिक्री मूल्य १६ रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ २३ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । पछिल्लो सयमा डलरको भाउ दिनकै बढ्दा विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्ने देखिन्छ ।

अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने देखिन्छ ।नेपालको वैदेशिक व्यापारमा निर्यातका तुलनामा आयात उच्च हुँदा त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ ।

मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्ने देखिन्छ । र डलरको भाउ बढ्दा आयात हुने विदेशी सामानको मूल्य बढ्ने, इन्धनको मूल्य बढ्न सक्ने, नेपालले विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको भाउ बढेसँगै बढ्ने हुन्छ ।

 

You might also like

Comments are closed.