यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?

काठमाडौं ।  पछिल्लो समयमा डलरको भाउ बढेपछि विश्व अर्थतन्त्रमा असर देखिएको छ । नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी मुद्रा बिक्री विनिमयदर सार्वजनिक गरेको छ । उक्त सार्वजनिक विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १३० रुपैयाँ ८९ पैसा र बिक्री दर १३१ रुपैयाँ ४९ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८४ रुपैयाँ ९३ पैसा र बिक्री मूल्य ८५ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १९ पैसा र बिक्री दर ९७ रुपैयाँ ६४ पैसा, सिङ्गापुरे डलर एकको खरिद दर ९३ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ५ पैसा तोकिएको छ ।

त्यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३० पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४६ पैसा र मलेसियन रिंग्गेट एकको खरिद दर २७ रुपैयाँ ८९ पैसा र बिक्री दर २८ रुपैयाँ २ पैसा ,जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९८ पैसा र बिक्री मूल्य ९ रुपैयाँ २ पैसा, चाइनिज येन एकको खरिद दर १८ रुपैयाँ १६ पैसा र बिक्री दर १८ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

डलरको भाउ बढेपछि नेपाली अर्थतन्त्रमा समेत असर देखिएको छ । जसको कारण विदेशबाट आयत हुने बस्तुमा नेपालले भारी रकम बाहिर पठाउन परेको छ । नेपाली बजारमा महंगिले नेटो काटिरहेको छ भने विदेशी ऋणको व्याज आकासिन पुगेको छ ।

You might also like

Comments are closed.