यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कतिमा हुँदैछ खरिदबिक्री ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बैंकले अमेरिकी एक डलरको खरिद दर १२९ रूपैयाँ ५० पैसा र बिक्री दर १३० रूपैयाँ १० पैसा कायम भएको जनाएको छ । आइतबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । शनिबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार १ युरोको खरिद दर १४० रूपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर १४० रूपैयाँ ९१ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ८९ रूपैयाँ ७६ पैसा र बिक्री दर ९० रूपैयाँ १८ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

त्यस्तै, युके एक पाउन्डको खरिद दर १५९ रूपैयाँ ८२ पैसा र बिक्री दर १६० रूपैयाँ ५६ पैसा, स्वीस फ्रान्सको खरिद दर १४० रूपैयाँ ६८ पैसा र बिक्री १४१ रूपैयाँ ३४ पैसा रहेको छ भने क्यानडियन डलरको खरिद दर ९६ रूपैयाँ १३ पैसा र बिक्री दर ९६ रूपैयाँ ५७ पैसामा स्थिर रहेको छ ।

साउदी अरेवियन रियालको खरिद दर ३४ रूपैयाँ ४७ पैसा र बिक्री दर ३४ रूपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ५२ पैसा र बिक्री दर ३५ रूपैयाँ ६८ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ २२ पैसा र बिक्री दर ३० रूपैयाँ ३६ पैसा कायम रहेको छ ।

You might also like

Comments are closed.