अमेरिकी डरलसहित कुन देशको पैसा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बंकले बैँकले शुक्रबार सार्वजनिक गरेको मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८७ पैसा र बिक्री दर १३१ रूपैयाँ ४७ पैसा रहेको छ ।

त्यस्तै, शुुक्रबार युरो एकको खरिद मूल्य १३८ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य १३८ रूपैयाँ ९२ पैसा, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा, बेलायती पाउण्ड एकको खरिदमूल्य १५५ रूपैयाँ ५० पैसा र बिक्रीमूल्य १५६रूपैयाँ २१पैसा, अष्ट्रेलियन डलरको खरिद दर ८६रूपैयाँ ५६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९५पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

यस्तै, शुक्रबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ६२ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ६६ पैसा , साउदी अरेवियन रियालको खरिददर ३४ रूपैयाँ ८६ पैसा र बिक्री दर ३५ रूपैयाँ ०२ पैसा , कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ८७ पैसा र बिक्री दर ३६रूपैयाँ ०३ पैसा र मलेसियन रिंगिट एकको खरिद दर २८ रूपैयाँ ९५ पैसा र बिक्री दर २९ रूपैयाँ ०८ पैसा राष्ट्र बैंकले तोकेको छ । शुक्रबार केही देशको पैसाको मूल्य घटेको छ भने केही देशको पैसाको मूल्य बढेको छ ।

You might also like

Comments are closed.