बिहीबार अमेरिकी डलरको मूल्य स्थिर, कुन देशको पैसा कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । बिहीबार अमेरिकी डलरको मुल्य स्थिर रहेको छ ।नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६पैसा रहेको छ। बुधबार पनि अमेकिरी डलरको मूल्य सोही मूल्यमा खरिद बिक्री भएको थियो ।

त्यस्तै, आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६१ रुपैयाँ १५ पैसा, युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ १८ पैसा र बिक्री दर १६२ रुपैयाँ ९२ पैसा राष्ट्र बैंकले तोकेको छ । बुधबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने बेलायती पाउण्ड र युरोको मूल्य पुनः बढेको छ ।

त्यसैगरी, बिहीबार अष्ट्रेलियन डलरको खरिद दर ८८रूपैयाँ ४० पैसा र बिक्रीदर ८८ रूपैयाँ ८० पैसा, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ९८ पैसा , साउदी अरेवियन रियालको खरिददर ३५ रूपैयाँ १३ पैसा र बिक्री दर ३५ रूपैयाँ २९ पैसा , कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ६२ पैसा र बिक्री दर २९ रूपैयाँ ७६ पैसा राष्ट्र बैंकले तोकेको छ ।

आज विदेशी मुद्रादर सम्रमा हेर्दाखेरी धरैजसो देशको पैसाको मूल्य बढेको देखिन्छ भने केही देशको पैसा स्थिर र केही देशको पैसा घटेको देखिन्छ ।

You might also like

Comments are closed.