काठमाडौं । बिहीबार स्थिर रहेको अमेरिकी डलरको मुल्य शुक्रबार भने घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ३३ पैसा र बिक्री दर १३१ रुपैयाँ ९३ पैसा रहेको छ।
त्यस्तै, आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६१ रुपैयाँ १५ पैसा, युरो एकको खरिद दर १४२ रुपैयाँ ८१ पैसा र बिक्री दर १४३रुपैयाँ ४६पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ६४ पैसा र बिक्री दर १६२ रुपैयाँ ०८ पैसा राष्ट्र बैंकले तोकेको छ । बिहीबार बेलायती पाउण्ड घटेको छ भने युरोको मूल्य पुनः बढेको छ ।
त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैया १९ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५९ पैसा, जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ ०१पैसा र बिक्री मूल्य १० रुपैयाँ ०५ पैसा , साउदी अरेवियन एक रियालको खरिददर ३४ रूपैयाँ ९६ पैसा र बिक्री दर ३५ रूपैयाँ १२पैसा , कतारी रियाल एकको मूल्य खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ ७३पैसा र बिक्री दर २९ रूपैयाँ ८६ पैसा राष्ट्र बैंकले तोकेको छ ।
समग्रमा साताको अन्तिम कारोबारको दिन विदेशी पैसाविनिमय दर धेरै जसो देशको बढेको देखिन्छ भने अमेरिकी डलरसहित केही देशको पैसाको मूल्य केही पैसा घटेको छ ।
Comments are closed.