मुख्यमन्त्री पौडेलद्वारा भक्तपुर अस्पतालको अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस स्वास्थ्य क्षेत्रमा आगामी ५० वर्षसम्म नहुने परिवर्तन ल्याएको बताएका छन् । भक्तपुर अस्पतालको आज अनुगमनका क्रममा उनले कोभिड–१९ अर्थात कोरोना भाइरसको महामारीको बीचमा स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको दाबी गरे ।

विसं २०७२ को भूकम्पपछि पनि देशका शैक्षिक संस्थाका भौतिक परिवर्तन आएको बताउँदै उनले कोभिड–१९ ले स्वास्थ्य क्षेत्रमा आगामी ५० वर्षमा हुन नसक्ने परिवर्तन एकै पटक ल्याएको भनाइ राखे । कोभिड–१९ को महामारीले स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने अवसर दिएको भन्दै उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा व्यापक परिर्वतन गर्ने अभियान शुरु गरेको बताए ।

सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मुख्यमन्त्री पौडेलले प्रदेशमा सरकार मातहत रहेका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पतालको सेवामा आएको सुधारलाई अझै परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिए । भक्तपुर अस्पताल बागमती प्रदेशको उत्कृष्ट अस्पताल बन्न सफल भएको भन्दै यो प्रदेशको ठूलो अस्पताल रहेकाले यो अस्पताललाई आवश्यक पूर्वाधार प्रविधिलाई थप गर्दै लैजानु आवश्यक रहेको औँल्याए ।

jutta mela

मुख्यमन्त्री पौडेलसँगै पूर्वमन्त्री महेश बस्नेत, प्रदेश सांसद शशीजङ्ग थापा र सरस्वती वाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालसहितको टोलीले अस्पतालको अनुगमन गरेका थिए । अनुगमन टोलीलाई अस्पताल विकाश समितिका अध्यक्ष मिलन सुवालले अस्पतालले गरेको सुधारका बारेमा जानकारी गराएका थिए । भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेण्ट डाक्टर सुमित्रा गौतमले यसै वर्ष भक्तपुर अस्पतालको क्षमता विस्तार गरेर २०० श्ययामा विस्तार गर्ने लक्ष्य रहेको बताउँदै त्यसका लागि भएका तयारीबारे जानकारी गराइन् ।

You might also like

Comments are closed.