डा.भण्डारीले प्रस्तुत गरे एलओडीमा एकल कन्सर्ट

काठमाडौं । प्रा. डा. रमेशसिंह भण्डारीले शनिबार साँझ ठमेलमा रहेको एलओडीमा एकल कन्सर्ट प्रस्तुत गरेका छन्।

भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका ग्यास्ट्रो सर्जन हुन् । कलेजो प्रत्यारोपण विशेषज्ञ डा. भण्डारी करिव १८ वर्षदेखि चिकित्सकीय क्षेत्रमा सक्रिय छन् ।

‘When Profession Meets Passion, Magic Happens’  सांगीतिक कार्यक्रममा उनलाई गिटारिस्ट देव लामा र रोशन श्रेष्ठसहितको टोलीको साथ रहेको थियो । भण्डारीले करिब २ घण्टा आफ्नै ७ सहित १८ गीत प्रस्तुत गरेका थिए ।

भण्डारीका ओढेर पछ्यौरी, सकिएन, धन्यवाद, कसरी भनूँ, लगायतका गीत सार्वजनिक भइसकेका छन् ।

You might also like

Comments are closed.