काठमाडौं । आसामको काछारमा शुक्रबार राति करिब ६०-७० करोड रुपैयाँ बराबरको अवैध लागुऔषध बरामद गरिएको छ । लागु औषधको कारोबार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
यहाँका एक वरिष्ठ प्रहरी अधिकारीले नाम बताउने शर्तमा भने, ‘सूचनाको आधारमा अनुसन्धान गर्दा काछार जिल्लाको प्रहरी टोलीले शुक्रबार राति मिजोरमबाट आउँदै गरेको दुई ट्रकलाई रोकी खान तलासी गर्दा दुई लाख याबा टेबुल बरामद गरेको हो।’
‘हामीले घटनास्थलबाट चार जनालाई पक्राउ गरेका छौं र पछि थप एक जनालाई पक्राउ गरेका छौं। एउटा ट्रक पनि नियन्त्रणमा लिइएको ,( उनले भने । बरामद लागुऔषधको बजार मूल्य करिब ६० देखि ७० करोड रुपैयाँ रहेको बताउँदै उनले चार महिनामा काछार प्रहरीले २ सय करोडभन्दा बढीको लागुऔषध बरामद गरेको बताए।
यसअघि तीन लागुऔषध कारोबारीलाई पक्राउ गरिएको र आसमको कार्बी आङ्लोङ जिल्लामा उनीहरूबाट ७ करोड रुपैयाँ मूल्य बराबरको लागू औषध बरामद गरिएको थियो।
सूचनाका आधारमा कार्वी आङ्लोङ प्रहरीको टोलीले बिहीबार राति खटखती क्षेत्रमा अप्रेसन गर्दा दुईवटा ट्रकलाई नियन्त्रणमा लिएको पनि अधिकारीहरुले जनाएका छन् ।








Comments are closed.