काठमाडौं । भारतको प्रमुख एफएमसीजी समूह र मल्टी–बिजनेस कर्पोरेसन धर्मपाल सत्यपाल ग्रुप (डीएस ग्रुप) अन्तर्गतको लोकप्रिय ब्राण्ड क्याच स्पाइसेसले अब नेपालमा पनि आफ्नो मसलाहरू ल्याउने घोषणा गरेको छ ।
यो योजनाबद्ध विस्तारमार्फत क्याच स्पाइसेसले आफ्नो शुद्धता, स्वाद र इनोभेसनको परम्परालाई नेपाली भान्सासम्म पुर्याउने लक्ष्य राखेको छ भने आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाउने उद्देश्य समेत लिएको छ । यसले नेपालको समृद्ध क्यूलिनरी परम्परा र विशिष्ट सांस्कृतिक पहिचान भएको बजारमा ब्राण्डको स्वाभाविक विस्तारलाई संकेत गर्दछ ।
क्याच स्पाइसेसले नेपाली बजारमा पकवानको वास्तविक स्वाद र सुवासलाई जीवित राख्ने उद्देश्यका साथ फराकिलो उत्पादन लाइन प्रस्तुत गरेको छ । जसमा स्ट्रेट मसला, विविध मिश्रित मसला, पेस्ट तथा साबुत मसला समावेश छन् । यस ब्राण्डले अत्याधुनिक Low-Temperature Grinding (LTG) प्रविधिको प्रयोग गर्छ ।
मसलाको प्राकृतिक बास्ना, तेल, रङ र स्थायित्वलाई जोगाइ राख्छ । क्याच स्पाइसेस हाल काठमाडौं उपत्यकामा उपलब्ध भइसकेको छ । चाँडै अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ । यो ब्राण्ड भाटभटेनी जस्ता मोडर्न ट्रेड स्टोरहरू, खुद्रा स्टोरहरू, नेपाली सेनाका क्यान्टिनहरू, सामान्य खुद्रा पसलहरू, होटेल, रेस्टुरेन्ट, क्याफेहरू तथा दराज जस्ता इ–कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुनेछ ।
सो अवसरमा डीएस ग्रुप अन्तर्गतको क्याच स्पाइसेसका बिजनेस हेड सन्दीप घोषले स्वाद, सुगन्ध र रंगमा स्थायित्व भएको उच्च गुणस्तरीय मसलाप्रतिको माग तीव्र रूपमा बढ्दो छ, जुन कुनै पनि परिकारको लागि मुख्य आवश्यकता रहेको बताए । क्याच स्पाइसेसले आफ्नो विविध पोर्टफोलियो र स्थानीय स्वादअनुसार विशेष रूपमा तयार गरिएका उत्पादनसहित उपभोक्ताको यी विशिष्ट आवश्यकता पूरा गर्न आदर्श स्थान पाएको उनी बताउँछन् ।
नेपालमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउन क्याच स्पाइसेसले अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सेफ सन्तोष शाहलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । क्याच ब्राण्डसँगको आफ्नो संग्लग्नताबारे सेफ शाहले क्याच मसला नेपालमा भित्रिनु सकारात्मक खबर हो र यसका गुणस्तरीय उत्पादनले घर तथा रेस्टुरेन्टमा छिट्टै स्थान बनाउने बताए ।
क्याच स्पाइसेसले आफ्ना उत्पादन र गुणस्तरलाई लक्षित उपभोक्तासम्म पुर्याउन उच्चस्तरीय प्रचार अभियानको योजना बनाएको छ । ब्राण्डको उपस्थितिलाई बलियो बनाउन ३६० डिग्री मार्केटिङ योजना अन्तर्गत टेलिभिजन, पत्रपत्रिका, रेडियो, बाहिरी विज्ञापनदेखि लिएर सोसल मिडिया प्लेटफर्महरूको व्यापक प्रयोग गरिनेछ ।
क्याच ब्राण्डले उपभोक्तासँग प्रत्यक्ष सम्पर्क बढाउन ‘अन ग्राउण्ड’ एक्टिवेशनमा विशेष ध्यान दिने वाचा गरेको छ । यो प्रचार अभियान हाल पहिलो चरणमा रहेको छ र तीज, दसैंजस्ता प्रमुख चाडपर्वको मौसमभर निरन्तर रूपमा सञ्चालन हुँदै जानेछ । यस अभियानमा नेपालको प्रसिद्ध सेफ तथा क्याच ब्राण्डका एम्बेसडर सन्तोष शाहले पनि टिभी विज्ञापन र विभिन्न रोचक कार्यक्रममार्फत आफ्ना खाना पकाउने सीप र तरिकाहरू पछाडिका रहस्य उपभोक्तासँग बाँड्नेछन् ।
क्याच ब्रान्डको बारेमाः
क्याच ब्राण्डलाई डीएस ग्रुपले सन् १९८७ मा भारतमा पहिलो पटक टेबल–टप साल्ट स्प्रिंकलरको परिचय सहित आविष्कारसहित सुरु गरेको थियो । त्यसयता क्याचले आफ्ना उत्पादनहरू विस्तार गर्दै पकवानको सम्पूर्ण सार समेट्ने ब्रान्डको रूपमा परिचय बनाएको छ । क्याचको रेन्ज अहिले स्ट्रेट स्पाइसेस, विविध मिश्रणहरू, पेस्टहरू र सम्पूर्ण मसलासम्म फैलिएको छ । ९ श्रेणीमा बाँडिएका १२५ भन्दा बढी भेरियन्ट्स र ३०० भन्दा धेरै SKU (stock keeping units) सहित क्याच आजको दिनमा इनोभेटिभ उत्पादन र उच्च गुणस्तरीय मापदण्डका लागि व्यापक रूपमा चिनिएको ब्राण्ड हो ।
डीएस ग्रुपको बारेमाः
डीएस ग्रुप (धर्मपाल सत्यपाल ग्रुप) भारतको एक प्रमुख एफएमसीजी समूह तथा मल्टी–बिजनेस कर्पोरेसन हो । जसको भारत तथा अन्तर्राष्ट्रिय बजारमा मजबुत उपस्थिति छ । सन् १९२९ मा स्थापना गरिएको यो समूहले गौरवशाली विरासतलाई दूरदर्शी विकाससँग संयोजन गरिएको एक प्रेरणादायक र सफल व्यवसायिक कथाको उदाहरण हो । डीएस ग्रुपको पोर्टफोलियो अत्यन्तै व्यापक र विविधतायुक्त छ । जसमा फुड एण्ड वेभरेज, कन्फेक्शनरी, माउथ फ्रेशनर, हस्पिटालिटी, एग्री, लक्जरी रिटेल व्यवसाय र अन्य लगानीहरू समेटिएका छन्। क्याच, पल्स, पास पास, सिल्भर पल्र्स, क्षीर, रजनीगन्धा, ओभिनो, एल’ओपेरा, ले मार्चे, सोसाइटी अफ सलाद, बर्थराइट, लवइट, चिंगल्स, गोलमोल, नमः आदि यस समूहका प्रमुख ब्राण्डहरू हुन् ।
एक उत्तरदायी संस्थाका रूपमा डीएस ग्रुप समाज र वातावरणको संरक्षणका लागि आफ्नो मूल्य र उद्देश्यमा दृढ विश्वास राख्दछ । यस समूहको मुख्यालयलाई युएस ग्रीन बिल्डिंग काउन्सिल अन्तर्गतको लिडरशिप इन इनर्जी एण्ड इनभाइरोमेन्टल डिजाइन प्लाटिनम प्रमाणपत्र प्रदान गरिएको छ । जुन अप्रेसन एण्ड मेनटेनेन्स कार्यक्रमको ४.० भर्सनमा आधारित छ । डीएस मुख्यालयले USGBC बाट LEED जिरो कार्बन सर्टिफिकेसन पनि प्राप्त गरिसकेको छ ।
Comments are closed.