लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको डिष्ट्रिक्ट गभर्नरमा हुमागाई निर्वाचित

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट सञ्चार उद्यमी दुर्गाप्रसाद हुमागाईं डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका छन् । सफल आवाज डटकमका प्रकाशक तथा सफल मिडिया हाउस प्रालिका अध्यक्ष समेत रहेका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व हुमागाईं लायन वर्ष २०२५– २०२६ को लागि डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका हुन् ।

डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित लायन लिडर हुमागाई बिगत १९ वर्षदेखि लायन्समा निरन्तर सक्रिय छन् । ४५ वर्षअघि काभ्रेको कुशादेवीमा जन्मेका उनी बिगत २३ बर्षदेखि पोखरामा बसोबास गरिरहेका छन् । उनी लायन्स क्लब अफ पोखरा पिस चौतारीका पूर्वअध्यक्ष समेत हुन् ।यस्तै लायन वर्ष २०२५–२६ को लागि प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा रमेश अधिकारी र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा विष्णुहरि फुयाँल निर्वाचित भएका छन् ।

इलेक्ट डिस्ट्रिक्ट गभर्नर हुमागाईले लायन वर्ष २०२५–२६ को डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरीमा ट्रिजा ढकाल, डिष्ट्रिक्ट कोषाध्यक्षमा रामकुमार लामिछाने, डिष्ट्रिक्ट चिफ एड्भाइजरमा टिकाराम सापकोटा, डिष्ट्रिक्ट चिफ पिआरोमा शैलेन्द्र दाहाल र डिष्ट्रिक्ट चिफ एडमिनिष्ट्रेटरमा हसन कुमार गोपाली मनोनित गरेका छन् । यसैबीच, लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित गराएकोमा गभर्नर हुमागाईंंले अग्रज लायन लिडर तथा सम्पूर्ण मतदाता लायनहरुप्रति आभार व्यक्त गरेका छन् ।

इलेक्ट डिस्ट्रिक्ट गभर्नर हुमागाईले लायन वर्ष २०२५–२६ लाई स्मरणीय वर्ष बनाउने प्रतिवद्धता व्यक्त गरे । तेश्रो महाधिवेशनमा डिष्ट्रिक ३२५ के नेपालका १ हजारभन्दा बढी लायन सदस्यहरुको सहभागिता थियो । लायन कैलाश पालिखे कन्भेनर रहेको महाधिवेशनको उद्घाटन लायन्सका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले गरेका थिए भने लायन्स क्लब अफ पोखरा लेक सिटी, लायन्स क्लब अफ पोखरा संगम र लायन्स क्लब अफ पोखरा समृद्धि होष्ट क्लबको रुपमा रहेका थिए ।

You might also like

Comments are closed.