निषेधाज्ञामा पनि घर-घरमै फलफूल, तरकारी र मासुको होम डेलिभरी गर्दै ई फार्म

काठमाडौं । गाउँका किसानलाई शहरका उपभोक्तासँग जोड्दै आएको ई फार्मले कोभिड–१९ को विषम परिस्थितिमा पनि घर(घरमै फलफूल, तरकारी र मासुको काठमाडौ उपत्यकामा होम डेलिभरी गर्दै आएको छ। ग्रामीण किसानका उत्पादन र ललितपुरस्थित धापाखेलमा फार्ममा उत्पादन गरिएको ताजा तरकारी, फलफूल सँगै लोकल कुखुराको मासु, भाग लगाएको मासु समेत डेलिभरी गरिरहेको ई फार्मका संस्थापक परमेश्वर श्रेष्ठले बताए ।

कोभिडका कारण अहिले सिमित अवधीमा खुल्ने पसलमा झन् भिडभाडले जोखिम बढाएको छ, श्रेष्ठ थप्छन्  यो बेला उपभोक्तालाई जोखिम मोलेर भिडभाडमा जान नपरोस् भनेर हामिले सुरक्षा सावधानी अपनाउँदै घरैमा डेलिभरी गरि सहज बनाएका छौँ । विदेशबाट बढ्दो आयात र नेपाली कृषि उपजले राम्रो बजार नपाइरहेको सन्दर्भमा ई फार्मले देशका विभिन्न ग्रामीण भेगका किसानका उत्पादन खरिद गरि राजधानीबासीलाई अनलाइन डेलिभरी मार्फत सेवा दिँदै आएको छ। तर निषेधाज्ञाले गर्दा माग हुँदाहुँदै पनि बिकट गाउँका उत्पादन राजधानी ल्याउन नसकिएको श्रेष्ठ बताउँछन् ।

इ फार्मको वेबसाइट मार्फत आवश्यक सामग्री अर्डर गर्न सकिन्छ । अर्डर गरेपछि एक दिनमै होम डेलिभरी दिने ई फार्मले जनाएको छ। बिल तिर्न ई-सेवा, खल्ती र बैंक कार्ड प्रयोग गर्न सकिन्छ । विदेशमा भएकाले आफ्नो आफन्तको लागि सपिङ गर्न सकुन भनेर पे पाल एकाउन्टबाट समेत बिल तिर्न सकिने व्यवस्था गरिएको श्रेष्ठले बताए। कोभिडका कारण अर्थतन्त्र शिथिल भएको बेला सरकारले मापदण्ड बनाएर ई-कमर्स कम्पनीहरुलाई प्रोत्साहन गरे अर्थतन्त्रलाई टेवा पुग्ने ई फार्मका अर्क सँस्थापक अर्जुन पुरी बताउँछन् ।

वर्षौदेखि किसानले आफ्नो उत्पादनको उचित मुल्य नपाउने र ग्राहकले चर्को मुल्यमा किन्नु पर्ने समस्या तथा किसान र ग्राहक विचको विचौलियालाई निरुत्साहित गर्न ई फार्मले सहयोग गर्ने गरेको श्रेष्ठले बताए । ई फार्मले किसानसँग जोडिएका हरेक सामाग्रीहरुलाई बजार व्यवस्थापन गर्ने काम समेत गर्दै आएको श्रेष्ठले बताए।

You might also like

Comments are closed.