इसेवाको ब्राण्ड प्रवर्द्धकमा रोहितकुमार पौडेलको निरन्तरता 

काठमाडौं । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो ब्राण्ड प्रवद्र्धकको रुपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई यसवर्ष पनि पुनः अनुबन्ध गरेको छ ।
विगत एक वर्षदेखि इसेवाको ब्राण्ड प्रवद्र्धकका रूपमा अनुबन्धित भएका पौडेलसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो । गत आइतबार पुल्चोक ललितपुरमा अवस्थित इसेवाको प्रधान कार्यलयमा इसेवाका प्रमुख कार्यकारी अधिकृत (सी.ई.ओ) जगदीश खड्का र रोहितकुमार पौडेल बीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
ब्राण्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीलाई एउटा नयाँ आयाम दिनेबारे विश्वस्त रहेको बताए । इसेवाका सीइओ खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिएका कप्तान रोहितलाई ब्राण्ड प्रवद्र्धकका रूपमा निरन्तरता दिन पाउँदा खुशी लागेको बताएका छन् ।
You might also like

Comments are closed.